
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको दुवै पक्ष तर्फका दोस्रो तहका नेताहरुबीच छलफल चलिरहेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा दुवै पक्षका नेताहरुबीच सहमतिको लागि बुँदागत छलफल चलिरहेको बालुवाटार स्रोतले बतायो । छलफल घनिभूत रुपमा चलिरहेको छ । उक्त छलफलमा माधव नेपाल पक्षबाट नेताहरू सुरेन्द्र पाण्डे,घनश्याम भुसाल,गोकर्ण विष्ट र योगेश भट्टराई र अध्यक्ष ओलीको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी समिति सदस्य विष्णु रिमाल सहभागी छन् । पार्टीलाई जेठ २, २०७५ को अवस्थामा फर्काएर नयाँ ढंगले अघि बढाउनु पर्ने माधव पक्षको प्रस्ताव छ । तर पनि सहमतिको टुंगो अझै लाग्न नसकेको त्यहाँ सहभागी एक नेताले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend