बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

प्रचण्ड सुटुक्क देउवा निवास प्रवेश

प्रचण्ड सुटुक्क देउवा निवास प्रवेश


फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन् । प्रचण्ड शुक्रबार अपराह्न सुटुक्क देउवा निवास प्रवेश भएको स्रोतले जानकारी दियो । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने भएपछि राजनीतिक माहोल यति बेला अलि बढी तातेको छ । बिभिन्न राजनीतिक दलका नेताहरूले आ आफनो सक्रियता बढाएका छन् । बिहीबार साँझ एमाले नेता माधवकुमार नेपालले देउवासँग भेटवार्ता गरेका थिए । उनको साथमा भीम रावल पनि थिए । रावल आज दिउँसो पनि देउवा निवास पुगेको स्रोतले बताएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend