
कैलाली । कैलालीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–९ मसुरिया बस्ने २७ वर्षीय जंगबहादुर चौधरीको बिहीबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । नदीमा विद्युतको तार जोडेर करेन्ट लगाइ माछा मार्ने क्रममा उनी गम्भीर घाइते भएका थिए । घाइते चौधरीलाई उपचारका लागि सौगात मेडिकल बडैपुरमा पठाइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend