सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

माधव नेपालले उठाएका ऐजेण्डाहरुमा नै पार्टीको भविष्य छ

माधव नेपालले उठाएका ऐजेण्डाहरुमा नै पार्टीको भविष्य छ

 

रामप्रसाद रिजाल,

प्रधानमन्त्री केपी शर्मा ओली आफू कमजोर हुदा जस्तोसुकै सम्झौंता जो संग जे पनि गर्ने तर कार्यान्वयन नगर्ने भएकोले म पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई भोली ओलीले गरेको सम्झौंता कार्यान्वयन वा पालना गर्छन भन्ने विश्वसनीय तथा भरपर्दो आधारलाई टेकेर परिपक्व ढंगले दुबै पक्षका शिर्ष नेताहरूलाई राखेर उधारो होइन हातहाती सम्झौंता गर्न म नेता माधव कुमार नेपाललाई संचार माध्यम मार्फत अपिल गर्दछु । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुको सट्टा राजीनामा दिएर एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने जसलाई माओवादी केन्द्रले पनि समर्थन गर्ने यसो गर्दा एमाले पनि एकीकृत हुने र जनमतको पनि कदर हुने छ । ओली सरकार अल्पमतमा परिसकेकोले ओलीले वैशाख २७ गते भन्दा अगाडी नै राजिनामा दिएर जानुपर्ने नत्र प्रधानमन्त्रीको कुर्सी वामगठबन्धन भन्दा बाहिर जाने खतरा छ । माधव कुमार नेपालको नेतृत्वको सरकारले नै चुनाव गराउने त्यसमा कांग्रेस माओवादी जसपालाई पनि समावेश गरेर चुनावी सरकार बनाउने यो अवस्था हो । अहिलेको निकास प्रधानमन्त्री ओलीले राजीनामा गरेको अवस्थामा कमरेड माधव कुमार नेपालको नेतृत्वमा सरकार बनाई वाम एकता कायम गरी एमाले पार्टीलाई पनि एकताबद्ध बनाउने र ओली गुटले माधव नेपाल पक्षलाई अवैधानिक तवरले पदबाट हटाएका छन त्यो फिर्ता लिई एमाले २०७५ जेठ २ तिर को अवस्थामा फर्काएर पार्टीको विधिःविधानको आधारमा अघि बढ़ाई एमाले पार्टीलाई कमिटी प्रणाली अनुसार बढ़ाए एमाले सग्लो रहन्छ होइन भने ओलीको तानाशाही प्रवृत्ति सहेर एमाले पार्टीलाई एकीकृत रुपमा अघाढी बढाउन सकिदैन सबैलाई चेतना रहोस ।

फागुन २८ को ओलीको गुट भेलाले गरेको निर्णयहरु खारेज गर्ने ।

ओली पक्ष र नेपाल पक्षले गरेका सबै एक पक्ष निर्णयहरु कमिटी विस्तारहरु खारेज गर्ने र एकताबद्ध एमाले बनाउने महान अभियानमा हामी जुटौं । सबै जना हिजोका तितामिठा कुराहरु बिर्सो सबैले आत्मा आलोचना गरौं । नेकपामा हुँदा गरिएका वादविवादहरु तर्क वितर्कहरु भुलौ किनभने अदालतले नेकपा विघटन गरेर हामीलाई २०७५ जेठ २ मा फर्काएर एमाले बनाईसकेकोमा अब सहमति सहकार्य सहअस्तित्वको साथ एकिकृत भएर अघिबढौं । आरोप प्रत्यारोप गर्न छोडौ सबैले सबैको समान गरौं एक अर्काप्रति भावानात्मक सम्बन्धको विकास गरौं रिस राग अंहकार घमण्ड सबैले त्यागौ हातेमालो गर्दै अगाडि जाऔ सबै शीर्ष नेताहरुलाई समान गरौं गुटगट राजनीति त्यागौं कोठे बैठक को अन्त गरौ ।

एमाले सर्वोच्च अदालतले पुनर्स्थापना गरेकोले अहिलेको अवस्थामा एमाले पार्टीमा हिजो नेकपा हुँदा ओली पक्ष वा नेपाल पक्ष वा अन्य पक्षमा जहां जो भए पनि सबैको हक पुनर्स्थापित एमालेमा बराबर वा समान लाग्ने कुरालाई हामी सबैले बुझ्न पर्छ एमाले मेरो मात्र हो तेरो होइनौ भन्यो भने एकिकृत रूपमा एमाले अघि बढ्न सक्दैन सबैले हेक्का राखौं एकताबद्ध एमाले बनाउने अभियानमा म लागे हामी सबै लागौं । सबैले सबैको अस्तित्व लाई स्वीकारदै सहमति सहकार्य सह अस्तित्व र सह एकता को साथ अघि बढ्नु पर्छ एक पक्ष ले अर्को पक्षलाई निश्तेज हैंन सहकार्य गर्दै पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमंत्री केपी ओलीले तुरून्तै पार्टी कमिटी का बैठकहरु बोलाई मन माझामाझ गर्नुपर्छ वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समुहलाई सम्मानजनक तरिकाले पार्टी बैठकहरूमा बोलाउने र अहिलेका पार्टी भित्र र बाहिरका यावत समस्याहरूलाई पार्टी कमिटी बाट सहमति मै समाधान गरिनुपर्छ । पार्टी बिभाजन हुन नदिन आफु जस्तोसुकै त्याग गर्ने र बिभाजन हुन कुनै हालतमा नदिने वरिष्ठ नेता माधव नेपालको भिष्म प्रतिज्ञा छ । लाखौं नेपाली जनताका आशा र भरोसाको जननेता कमरेड माधव कुमार नेपाल ज्यूलाई मेरो हृदय देखि नै सलाम छ । मुलुकको रक्षा गर्नुहोस् गणतंत्र को रक्षा गर्नुहोस् नेपाल कम्युनिस्ट पार्टीलाई बचाएर नेपाली जनताको मतको रक्षा गर्नुहोस् हजुरलाई नेपाली जनताले अहिलेको नेकपाको किचलोले देश थला परेको बेला हुजुरलाई नायक मात्र होइन महानायकको रुपमा हेरेका छन ।

नेता नेपालले उठाएका ऐजेण्डाहरुमा नै पार्टीको भविष्य छ ।

नेता र दल भन्ने वित्तिकै जनताले हेर्ने दृष्टिकोण सकरात्मक छैन भष्ट र दलाल तस्करहरु लाई राजनीति बाट अलग गरिनुपर्छ ।निर्वाचनको बेला गरिने अनावश्यक खर्चलाई कटौती गर्नुपर्छ जनतालाई मतदानको बेला खसी बाख्रा गाई भैंसी जसरी खरिद गर्ने परम्पराको अन्त गरिनुपर्छ अनूशाशन हिन कृयाकलाप को अन्त गरिनुपर्छ । नातावाद आफ्नतबाद चाकरी बाद गुन्दागर्दी पैसाको दुरुपयोगले शक्तिमा जाने लाभमा पुग्ने परिपाटी नेता मालिक वा शासक र जनता चाहि दास वा सेवक वा रैतिको रूपमा हेरिने संस्कार प्रवृतिको दाहसंस्कार नै गरिनुपर्छ । सर्वोच्च अदालतको फैसला अनुरुप एमाले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा पार्टीका सम्पूर्ण संरचनाहरु व्युझाउने काम गरौं । ओली पक्षले नेपाल लगाएत उनको पक्षलाई गरेको कारवाही विना शर्त फिर्ता गर्नु पर्छ । त्यसो भयो भने पार्टी एक ढिक्का भएर जान्छ ।   रिजाल माधव पक्षीय नेकपा एमालेका जुझारु युवा नेता हुन ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend