सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

उपत्यकाका चार स्थानमा कोरोना अस्पताल सञ्चालनको तयारी

उपत्यकाका चार स्थानमा कोरोना अस्पताल सञ्चालनको तयारी

 

 


काठमाडौं । वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिने भएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २० गते गर्नुभएको सम्बोधनलाई कार्यान्वयन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका चार स्थानमा कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव शङ्कर नेपालले कार्ययोजनाअनुसार वीर अस्पतालको नयाँ भवन, भक्तपुरको खरिपाटी, दहचोक र इचङ्गु नारायणमा रहेका संरचनालाई शनिबारसम्म आईसीयू शय्यासहितको कोभिड अस्पतालमा रूपान्तरण गरी सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए । पहिलो कोरोना महामारीका बेलामा पनि यी ठाउँहरूमा रहेका संरचनालाई कोरोना सङ्क्रमितहरुको उपचारका लागि प्रयोगमा ल्याइएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend