
काठमाडौं । माधव पक्षीय नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुको सट्टा राजीनामा दिएर एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने जसलाई माओवादी केन्द्रले पनि समर्थन गर्ने यसो गर्दा एमाले पनि एकीकृत हुने र जनमतको पनि कदर हुने तर्क पेस गरेका छन । आज खवरब्रेकिङ संग कुरा गदै उनले यस्तो तर्क पेस गरेका हुन । नेता रिजालले ओलीले छिटो भन्दा छिटो राजीनामा दिए एमाले पार्टी एकीकृत हुने यदि ओलीले राजीनामा नदिए एमालेको अन्तिम प्रधानमन्त्री हुने दावी गरे । उनले ओलीका कारण एमाले पार्टी समाप्त हुने र नेपालको राजनीतिमा नयाँ वैकल्पिक शक्तिको निमार्णको संकेत समेत गरे ।
उनले भने, ‘अहिलेको निकास प्रधानमन्त्री ओलीले राजीनामा गरेको अवस्थामा कमरेड माधव कुमार नेपालको नेतृत्वमा सरकार बनाई वाम एकता कायम गरी एमाले पार्टीलाई पनि एकताबद्ध बनाउने र ओली गुटले माधव नेपाल पक्षलाई अवैधानिक तवरले पदबाट हटाएका छन त्यो फिर्ता लिई एमाले २०७५ जेठ २ तिरको अवस्थामा फर्काएर पार्टीको विधिःविधानको आधारमा अघि बढ़ाई एमाले पार्टीलाई कमिटी प्रणाली अनुसार बढ़ाए एमाले सग्लो रहन्छ होइन भने ओलीको तानाशाही प्रवृत्ति सहेर एमाले पार्टीलाई एकीकृत रुपमा अघाढी बढाउन सकिदैन सबैलाई चेतना रहोस ।”
उनले देश रुदा हास्ने उखान टुक्का सुनाउँदै मज्जा लिदै हास्य कलाकारको जागिर खाँदै प्रधानमन्त्रीको कुर्सीमा सुतेर बस्ने देश र जनताको लागि सिन्को पनि नभाँच्ने ओली राष्ट्रघाती प्रतिगामी , नालायक प्रवृत्तिको मान्छे भएको आरोप लगाए । नेता रिजालले ओलीले संसद विघटन गरे प्रधानमन्त्री बन्न एमालेको जबजलाई साटेर माओवादी केन्द्र संग एकता गरे पुनःहिजो आफैले एकता गरेको नेकपा पार्टीलाई समेत विघटन गरे पुनः एमालेलाई विघटन गर्ने दिशामा ओली लागे त्यसैले ओलीको भस्मासुर प्रवृत्तिको सबैले शशक्त प्रतिकार गरौं भन्ने उदघोष समेत गरे ।
उनले भने, ‘ओलीलाई प्रधानमन्त्री र एमालेको अध्यक्ष बाट हटाई कम्युनिस्ट आन्दोलनलाई बचाऔं । संघिय लोकतान्त्रिक व्यवस्थालाई बचाऔं । पार्टीको अध्यक्ष भएर पार्टीको अभिभावक भएर पार्टीलाई जोगाउन भन्दा आफ्नै पार्टीको हत्या गर्ने ओलीलाई तुरुन्तै एमाले पार्टीबाट निष्कासित गरियोस संसद र लोकतांत्रिक व्यवस्थाको हत्यारा ओलीलाई प्रधानमन्त्री बाट निकाल्न किन ढिलो भैरहेको छ ,फेरी ओलीले संसदको हत्या गर्लान कांग्रेस माओवादी केन्द्र र जसपा के हेरेर बसेका हुन ? ओलीले विधान विपरीत एक पक्ष अलोकतांत्रिक निर्णय गरेर आफ्नो खुट्टामा आफै बन्चरो हाने ।”
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend