बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

कांग्रेसले लगायो सरकारलाई गंम्भिर आरोप

कांग्रेसले लगायो सरकारलाई गंम्भिर आरोप

काठमाडौँ । सरकारका पछिल्ला काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गंम्भिर आरोप लगाएको छ । कांग्रेस संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारलाई गंम्भिर आरोप लगाएका हुन । उनले सरकार मानवीय जीवनको रक्षा गर्न असक्षम रहेको ठोकुवा गरेका छन ।

कोभिड १९ को नयाँ स्वरुपमा देखापरेको कोराना भाइरसको विश्वव्यापी असर अब विस्तारै छिमेकी मुलुक भारत हुँदै नेपालमा पनि द्रुतगतिमा देखापरिसकेको छ, विज्ञप्तिमा भनिएको छ, एमालेको नेतृत्वमा रहेको वर्तमान सरकारको चरम लापरवाही, गैरजिम्मेवारपुर्ण रवैया र असंवेदनशील कार्यका कारण एकातिर देशको राजनीति अनिश्चित, अन्योल र संकटग्रस्त देखिन्छ भने अर्कोतिर कोभिड १९ महामारीको दोश्रो लहर संगै मानवीय जीवनको रक्षा गर्न सरकार असक्षम रहेको छ ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend