बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

दाहाल र नेपाल यादवलाई भेट्न निवास पुगे पछि ओलीविरुद्ध बहुमत जुटाउन सक्रिय

दाहाल र नेपाल यादवलाई भेट्न निवास पुगे पछि ओलीविरुद्ध बहुमत जुटाउन सक्रिय

 


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्रको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। सरकारलाई विश्वासको मत नदिने निर्णय गरिएको पार्टी अध्यक्ष यादवले बताए।

‘केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय हामीले गरेका छौं’, यादवले भने, ‘यस विषयमा पार्टीमा औपचारिक निर्णय गर्न बाँकी नै छ।’
स्रोतका अनुसार यादवले यस विषयमा बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका नेता माधव नेपालसँग पनि छलफल गरेका छन्। यादवलाई भेट्न दाहाल र नेपाल उनको निवास हात्तीवन पुगेका थिए।

यादवले भने दाहाल र नेपालसँग भेट नभएको दाबी गरे। यादव अहिले ओली सरकारविरुद्ध पार्टीभित्र बहुमत जुटाउन सक्रिय छन्। स्रोत भन्छ, ‘यादवले ओली सरकारको विपक्षमा जसपाका बहुमत सांसद रहेको जानकारी दाहाल र नेपाललाई गराएका छन्।

यादव यतिखेर दाहाल र नेपालसँग नियमित सम्पर्कमा रहेको उनी निकट एक नेताले बताए। केही दिनअघि उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए। स्रोतका अनुसार ओली सरकारको विपक्षमा भट्टराई–यादव पक्षले आफू निकट सांसदको हस्ताक्षर संकलन गरेको छ। यसैगरी पार्टी कार्यकारिणी समितिका सदस्यहरूको समेत हस्ताक्षर संकलन गरिएको छ। नागरिक दैनिकमा खबर छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend