
एजेन्सी । सलमान खान तथा दिशा पटानी स्टार र ‘राधे’ को शीर्ष गीत सार्वजनिक भएको छ । मेकर्स तथा सलमानले यो भिडियो सामाजिक सञ्जालमा सेयर गरेका छन् । गीतमा सलमानको ‘स्वाग’ र दिशाको स्टाइल देख्न पाइन्छ । गीतमा साजिद वाजिदको संगीत रहेको छ । यी दुईले एकसाथ गरेको यो अन्तिम प्रोजेक्ट हो । साजिदले लेकको गीतमा उनकोसमेत स्वर छ । भिडियोको कोरियोग्राफी मुस्सदर खानले गरेका छन् । अहिले सम्म सार्वजनिक चलचित्रका सामाग्री मध्ये यो गीतलाई बढी आकर्षक मानिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend