सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

चौतर्फी विरोध पछि मन्त्रालयले मुख खोल्यो, बढी शुल्क असुल्ने अस्पताललाई यसरी हुदैछ कारबाही

चौतर्फी विरोध पछि मन्त्रालयले मुख खोल्यो, बढी शुल्क असुल्ने अस्पताललाई यसरी हुदैछ कारबाही

काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको उपचारको नाममा बढी शुल्क लिने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ । केही अस्पतालले चर्को शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले विज्ञप्ति निकालेर बढी शुल्क लिनेहरूलाई कारबाहीको चेतावनी दिएको हो ।बढी शुल्क लिएको पाइएमा स्वास्थ्य मन्त्रालयमा खबर गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ । काठमाण्डौ मेडिकल कलेज सिनामङ्गलले एक दिनको शुल्क ३० हजार रुपैयाँसम्म र ह्याम्स अस्पतालले दिनको ५० हजार रुपैयाँसम्मको शुल्कको सूची सार्वजनिक गरेपछि चौतर्फी विरोध भइरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend