
काठमाडौं । अब काठमाडौं उपत्यकाबाट बाहिर जाँदा स्थानीय तहको सिफारिश चाहिने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरी कामठाडौं उपत्यकाबाट बाहिर जान स्थानीय तहको सिफारिश चाहिने जनाएका छन्। आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जान पाइने उल्लेख छ। यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने मापदण्ड जारी गरेको थियो। तर, काठमाडौंबाट बाहिर जानेलाई कुनै रोकटोक थिएन। काठमाडौंबाट बाहिर जाँदा पनि संक्रमण फैलिने जोखिमलाई ध्यानमा राखेर सम्बन्धित स्थानीय तहको सिफारिश खोजिएको हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend