लामो समयको गृहकार्य पछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भयो । जसपार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी गठन भए संगै बिभिन्न राजनितीक बिश्लेषकका आआफना भनाई आईरहेका छन् । साथै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सकारात्मक रुपमा लिएको जनाएको छ । दलहरुबीचको एकताले लोकतन्त्रलाई बलियो बनाउने भन्दै यसलाई पार्टीले सकारात्मक रुपमा लिएको कांग्रेसको भनाई छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रमुख दल एमाले र माओवादी केन्द्रबीचको एकतालाई पार्टीले स्वागत गर्ने बताए । ‘दलहरुको विभाजनले लोकतन्त्रलाई क्षति गर्छ । दलहरुबीच एकता भयो भने त्यसले स्वाभाविक रुपमा लोकतन्त्रलाई बलियो बनाउने उनको भनाई छ । नेपाली कांग्रेस पार्टीले कुनै पनि दलको एकतालाई स्वागत गर्छ भने आफ्नो प्रतिस्पर्धी मुख्य दलहरुबीचको एकतालाई पार्टीले स्वागत नै गरेको उनको भनाई छ । सत्ता बन्दा भन्दा बढी खतरा सत्ताको दम्भमा हुने भन्दै शर्माले त्यसप्रति पार्टी सधैं चनाखो भइराख्ने बताए । एमाले र माओवादी विपरित ध्रुवको कम्युनिष्ट आन्दोलनको धारका हुन । एकता भएपनि पछि केन्द्रीय सत्तामा को हाबी हुने भन्ने हुन सक्छ लोकतन्त्रका लागि खतरनाक हुन सक्ने बताए ।
महाभारतको लामो ब्याख्याको एक लाइन निश्कर्ष ‘अहंकारको बृक्षमा विनाशको फल लाग्छ’ भन्ने हुने भन्दै उनले त्यसप्रति बेलैमा सचेत हुनुपर्नेमा जोड दिए । राजनीतिको सुरुवाती दिनमा प्रचण्ड र केपी ओलीले संसदीय व्यवस्थाको प्रधानमन्त्री हुन्छु भन्ने कल्पना समेत नगरेको उनले बताए । बाध्यताको बाटो भन्दा पनि अब ओली र प्रचण्डले मनस्थितिगत निष्ठाको बाटो बनाए एकता र लोकतन्त्रको भविष्य उज्जवल हुने उनको भनाई छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend