
काठमाडौं । लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनःविस्तार गरिएको छ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री शंकर पोखरेलले सोमबार दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
मुख्यमन्त्री पोखरेलले कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकासमन्त्री र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त शिक्षामन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादव र राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री पोखरेलले पद तथा गोपनीयताको शपथ गराए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend