
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८/०७९ बाट श्रमिकको न्युनतम तलब १५ हजार पुर्याउने घोषणा गरेका छन् । १३२ औं अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात मे १ का अवसरमा आज एक भिडियो सन्देश जारी गर्दै उनले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आगामी साउन १ गतेदेखि १५ हजार रुपैयाँ पुर्याउने घोषणा गरेका हुन् ।
नीजि क्षेत्रका प्रतिनिधी र मजदूर संगठनका बीचमा समझदारी नभएपछि सरकारले एकल निर्णयद्धारा न्युनतम पारिश्रमिक बढाउने घोषणा गर्नु परेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend