
काठमाडौं । माधव पक्षीय नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले सर्वोच्च अदालतको फैसला अनुरुप एमाले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा पार्टीका सम्पूर्ण संरचनाहरु व्युझाउँँनु पर्ने बताएका छन । आज संचारकर्मी संग कुरा गदै यस्तो बताएका हुन ।
उनले फागुन २८ को ओलीको गुट भेलाले गरेको निर्णयहरु खारेज गर्नु पर्ने बताए । त्यसै गरी ओली पक्ष र नेपाल पक्षले गरेका सबै एक पक्ष निर्णयहरु र कमिटी विस्तारहरु खारेज गरेर एउटा मिलन बिन्दुमा दुवै नेता आउनु पर्ने बताए ।
जनमतको कदर गर्न एमाले र माओवादीको गठबंधनको सरकार बनाउने त्यसको लागी प्रधानमंत्री केपी शर्मा ओलीले राजीनामा दिएर वरिष्ठ नेता माधव कुमार नेपाललाई प्रधानमंत्री बनाउन ओलीले सघाउनु पर्ने उनले बताए ।नेता रिजालले एमाले पार्टी र एमालेको सरकारलाई बलियो बनाउन सबैले आ आफना कमिकमजोरीलाई सच्चाई अगाडी बढनु पर्ने बताए ।
कांग्रेस र जसपालाई सरकार बनाउने चाबी नसुम्पियौ एमालेकै नेतृत्वमा बाम सरकारलाई निरन्तरता दिऔं, एमाले पार्टी बनाउन अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल लगाएत सबै नेताहरुको योगदान छ, त्यसैले सबैको योगदानको कदर गरौं भन्ने कथन उनको थियो ।
उनले भने, पार्टी कमिटीलाई विधिः पद्धतिमां चलाऔ जनताले वाम गठवन्धनलाई जनमत दिएकोले यही गठबंधनको नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्छ त्यसको लागि एमाले पार्टीको पदाधिकारी स्थायी कमिटी र केन्द्रीय समितिको बैठक बोलाएर आवाश्यक निर्णय गरेर जाऔं ।”
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend