पूर्वप्रधानमन्त्री एबम नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मदन आश्रित स्मृति दिवसको दिन एमाले र माओवादीबीच पार्टी एकता गर्न पाउँदा आफूलाई ठुलो गर्व महशुस भएको बताएका छन् । अध्यक्ष प्रचण्डले मदन(आश्रित स्मृति दिवसको दिन पार्टी एकता गरौं भनेर आफूले नै प्रस्ताव गरेको उनको भनाई छ । २५ औं मदन आश्रित स्मृति दिवसको अवसरमा एमाले पुरानो पार्टी कार्यालय बल्खुमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो कुरा बताएका हुन् । उनले ‘आज नै मदन भण्डारी अवसान भएकै दिन पार्टी एकता गरौं भनेर प्रस्ताब राखेको सकेत खुलासा गरे । मदन(आश्रित स्मृति दिवसमा माओवादी सहभागी भएको यो पहिलो पटक हो । एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा २०५० साल जेठ ३ गते जिप दुर्घटनामा निधन भएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend