
फाइल फोटो
काठमाडौं । भारतको गुजरात राज्यमा पर्ने भरुचस्थित कोभिड अस्पतालमा भीषण आगलागी हुँदा १३ बिरामीको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार राति साढे १२ बजेतिर पटेल वेलफेयर अस्पतालमा भीषण आगालागी भएको हो। जसलाई कोरोना संक्रमितको उपचार गर्ने अस्पताल (कोभिड केयर सेन्टर) बनाइएको थियो। भारतीय पत्रिका नवभारत टाइम्सका अनुसार मृतकको संख्या अझ बढ्ने सम्भावना छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend