सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एमाले, माओवादी बिच एक्कासी चामत्कारिक निर्णय

एमाले, माओवादी बिच एक्कासी चामत्कारिक निर्णय

k|wfgdGqL k|r08 / cWoIf cf]nLaLr e]6 k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú / g]skf -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nLaLr laxLaf/ l;+xb/af/l:yt ;efd'vsf] sfo{sIfdf e]6jftf{ x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच पार्टी एकताको बिषयमा बिभिन्न टिकाटिप्णी आइरहेको वेला एकता बारे चमत्कारिक समाचार आएको छ । भारतीय मिडियाले मोदीको नेपाल भ्रमणले एमाले माओवादीको पार्टी एकतामा बिथुलिएको समाचार समेत प्रकाशित गरेको थियो । साथै नेपालका कयौ राजनितीक बिश्लेषकले समेत मोदी भ्रमणले पार्टी एकता भाडेको बिश्लेषण गदै आएका थिए । यो समाचारले एमाले माओवादीका कार्यकर्ता निराशामा परेका थिए । धेरैले एकता नहुने अनुमान समेत गरेका थिए । तर त्यो केही दिन मै असत्य जस्तै बन्न पुग्यो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको वार्तामा एकता विषयमा सहमती जुटेको छ ।सम्भवत भोलि नै पार्टी एकता घोषणा हुने तयारीमा एमाले माओवादी पार्टी लागेको छ । उनीहरुको एकताको गृहकार्य हेर्दा भोलीनै हुने सम्भावना त्यतिकै देखिन्छ ।
माओवादीको केन्द्रीय सचिवालयको विस्तारित बैठक बस्दैछ भने एमालेले केन्द्रीय कमिटीको बैठक बिहीबार ११ बजे बोलाएको छ । एमाले केन्द्रीय कमिटी बैठकअघि पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकीकरणको घोषणा गर्ने सम्भावना छ । बैठकपछि पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको घोषणा हुन सक्ने माओवादी उच्च स्रोतले बताएको छ । सकेसम्म बिहीबार नै एकीकृत पार्टी ‘नेकपा कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने दुई दलको तयारी छ ।

स्रोतका अनुसार केन्द्रीय कमिटीमा प्रतिशतको आधारमा हुने छैन । माओवादीले समानतामा आधारित एकता हुनुपर्ने भनेको छ । एमालेका २५ र ३० जना बढी केन्द्रीय सदस्य रहनेछन् । पोलिटव्यूरो र स्थायी कमिटी पनि सोही अनुसार बन्नेछ । पार्टीमा दुई अध्यक्ष बाहेक अरु पदाधिकारी हुने छैनन् । मदन आश्रति स्मृति दिवसमा माओवादी सहभागी हुने भोलि मदन भण्डारी र जीवराज आश्रति स्मृति दिवस हो । एमालेका तत्कालीन महासचिव भण्डारी र जीवराज आश्रतिको जेठ ३ गते दासढुंगामा भएको सवारी दुर्घटनामा निधन भएको थियो । मदन आश्रति स्मृति दिवसको अवसरमा एमालेले गर्ने कार्यक्रममा माओवादी शीर्ष नेताहरुलाई बोलाइएको छ । एमाले र माओवादीले १७ असोजमा गठबन्धन बनाएर चुनाव लड्ने सहमति गरेका थिए । केन्द्रमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गरे लगतै ७ फागुनले दुई दलका शीर्ष नेताहरुले पार्टी एकतासम्वन्धी सातबुँदे सहमति गरे । एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त ‘माक्र्सवाद(लेलिनवाद’ हुने सहमाति छ ।दुई दलले कार्यदल बनाएर अन्तरिम राजनीतिक प्रतिवेदन र विधान पनि बनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पछि एकताको बिषयमा नकारात्मक कुरा उठे पछि त्यस कुरालाई चिर्न पनि पार्टी एकता जति सक्दो छिटो गर्न लागिएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend