नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ असक्षम भएको आरोप लगाएको छ । लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले बृहत व्यवसायी भेलाको आयोजना नै गरेर सिण्डिकेट देखी बिभिन्न व्यवसायीको हित बिपरित अध्यक्ष गुरुङले काम गरेको फोरमको आरोप छ । लोकतान्त्रिक फोरमका अध्यक्ष बिष्णु गैरेले अध्यक्ष रोहन गुरुङ आफनै पार्टी निकटको श्रम मन्त्री भए पनि मन्त्री भेटन नसक्ने कस्तो अध्यक्ष भनेर प्रश्न गरे ।
अहिलेको वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व नालायक भएको भन्दै यस्तै हो भने व्यवसाय बाट हात धुन पर्ने अवस्था आएको उनको भनाई छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बिमल ढकालले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ व्यवसायमा सिन्डिकेट लगाउन लागि परेको आरोप लगाए । वैदेशिक रोजगार क्षेत्रमा यति धेरै समस्या देखा पर्न थाल्दा चुप्प लागेर बस्नु नियति खराब भएको आरोप लगाए । ढकालले आफनै बाम गठबन्धनको सरकार हुँदा मन्त्रीलाई भेटेर व्यवसायीका समस्या राख्न नसक्नु नालायक भएको आरोप लगाए । साथै उनले अध्यक्ष गुरुङले संघको भवन बनाउने नाममा जबरजस्ती व्यवसायी संग पैसा उठाउने कार्यको पनि बिरोध गरे । पूर्वअध्यक्ष समेत रहेका ढकालले जग्गाको नक्सा पास नभईकन पैसा मात्र असुल्ने नियतिमा खराब भएको उनको भनाई छ । संघको कोषाध्यक्षको सहमती बिना अध्यक्ष रोहन गुरुङले पैसाको चलखेल अर्थात हिनाबिना गरेको ढकालको आरोप छ । भेलामा संघका पूर्वअध्यक्ष तिलक रानाभाट, फोरमका पूर्वअध्यक्ष किरण किशोर घिमिरे, संघका पूर्वमहासचिब कमल तामाङ लगायतले बर्तमान संघका अध्यक्ष रोहन गुरुङ माथि खनिय । यस्तै कार्यशैली रहिरहे कडा कदम चाल्ने उनीहरुको चेतावनी छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend