सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अब मुलुक लोडसेडिङ मुक्त,कसरी सम्भव भयो चमत्कार

अब मुलुक लोडसेडिङ मुक्त,कसरी सम्भव भयो चमत्कार

नेपालमा कुनै बेला चौबिस घण्टा सम्म लोडसेडिङ हुन्थ्यो । लोडसेडिङ अन्त्य हुन्छ भनेर सवैलाई सपना जस्तै लाग्थ्यो । तर विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ आए पछि कायपल्ट बनाएर देखाई दिए । अब देखी औद्योगिक क्षेत्रको पनि लोडसेडिङ अन्त्य भएको छ । लामो समयको प्रयासपछि औद्योगिक क्षेत्रको लोडडसेडिङ पनि हटेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘नेपाल विद्युत प्राधिकरणले सोमबारबाट नै औद्योगिक क्षेत्रमा भैरहेको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ । घिसिङले भने, ‘सोमबारदेखि नै औद्योगिक क्षेत्रको लोडसेडिङ हट्दैछ । चैतमा प्राधिकरणको भार प्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री वर्षमान पुनले वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिएका थिए ।
सोही निर्देशनका आधारमा औद्योगिक क्षेत्रको पनि लोडसेडिङ अन्त्यको घोषणा गरिएको कार्यकारी निर्देशक घिसिङ बताएका हुन् । ‘खोला तथा नदीमा बृद्धि भएको पानीको वहावका कारण रन अफ रिभर आयोजनाबाट विद्युत उत्पादनमा भएको बृद्धि, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरेका हौं, घिसिङले भने, ‘अब मुलुकपूर्णरुपमा लोडसेडिङमुक्त भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend