सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भारत सामू लम्पसारवादी प्रवृत्ती कायमैः बिज्ञ

भारत सामू लम्पसारवादी प्रवृत्ती कायमैः बिज्ञ

नेताहरुको व्यक्रिगत स्वार्थ कारण राष्ट्रियता खतरामा   रहेको बिभिन्न क्षेत्रका बिज्ञ तथा बुद्धिजीविहरुले बताएका छन । भारत सामू लम्पसारवादी प्रवृत्ती नेताहरुमा हावी भएको भन्दै दुख समेत व्यक्त गरे । राजधानीमा नेपाल संरक्षण अभियानले गरेको अन्तरत्र्रिया कार्यक्रममा बोल्दै डा शास्त्र दत्त पन्तले अयोग्य नेताहरुका कारण राष्टियता खतरामा पर्ने खतरा रहेको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणको विषयमा बोल्दै पन्तले भने यो भ्रमण नेपालको हितमा भन्दा भारतको स्वार्थपूतिमा केन्द्रित भएको उनको भनाई छ । तेस्रो अरुण राष्टघातको अर्को उदारण हो , उनले भने । पन्त सीमा बिज्ञ तथा अनुसन्धानकर्ता हुन् । सीमाको बिषयमा पनि उनको राम्रो दख्खल छ । भारतले बेला बेलामा सीमा मिच्दै आएको छ , यो बिषयमा नेपाल सरकार र सत्ता रुढ दलहरु मोदी सामु चु पनि बोल्न नसक्ने राष्ट्रियता कसरी बच्न सक्छ ? डा पन्तले भने । भारतले एकतर्फी बाँध लगाउदै आएको छ । अव बर्षा आउन थाल्यो । तराई मधेस डुवानमा पर्ने खतरा छ । खै सरकारले मोदी सामु कुरा राखेको ? पन्तले प्रश्न गरे । भन्न लाई सार्वभौम र स्वतन्त्र देश भन्छौ । खै सार्वभौम र स्वतन्त्र देश ? बिदेशको इसरामा चल्ने र त्यहि अनुसार काम गर्ने परम्पराले देश बनाउन होइन , देश बचाउन मुस्किल हुने छ । डा पन्तले भने । संघीयताको कारण पनि देश खतरामा जाने संकेत पन्तले गरे । आर्थिक भार थेग्न नसक्ने संघीयताले राष्टियता नै बिभाजन हुन सक्ने खतरा डा पन्तले औंलाएका छन । सोही कार्यक्रममा अर्का बक्ता डा केवी रोकायले पनि राष्टियता खतरामा रहेको बताएका छन । देश भक्त र राष्टवादी सोच भएकाले मात्र देश बचाउन र बनाउन सक्ने तर्क डा रोकायले गरे । बिदेशी हस्तक्षेप सहेर बस्ने राष्टवादी होइनन । आफनो देश बचाउन र बनाउन योगदान दिने नै राष्टवादी हुन । डा रोकायले भने । भारतले लगाएको नाकाबन्दी अझै सम्म पनि जनताले बिर्सिएका छैनन , तर त्यहि नाकाबन्दी लगाएर जनतालाई दुख्ख दिने मोदी लाई नागरिक अभिनन्दन गरेर नेपाल सरकारले के सन्देश दिन खोजेको हो ? डा रोकायले प्रश्न गरे । कार्यक्रममा बोल्दै रोकायले भने तालाचावी मोदीलाई बुझाएर राष्टियता के अर्थमा बच्छ ? आजको आबश्यकता ः राष्टिय एकताको सान्र्दभिकता रहेको भन्दै सबै राष्टवादी देशभक्तहरु एकजुट हुनु पर्ने कुरामा डा रोकायले जोड दिए । अर्का बक्ता देवेन्द्र नेपालीले देश बचाउन राष्टवादी सोच हुनु पर्ने कुरामा जोड दिए । राष्टवादी सोच नै हामीमा भएन भने देश बनाउन पनि सकिदैन बचाउन पनि सकिदैन , नेपालीले भने । हाम्रो देशका नेताहरुले भारतका सामु लम्पसारवादी सोच चिन्तन र प्रवृति नछाडदा सम्म राष्टियता नबच्ने र राष्टिय एकता बलियो नहुने कुरामा जोड दिए । राजनीतिक दलहरु र तिनका अधिकाशं नेताहरु भारत प्ररस्त छन । ति दलहरु र नेताहरु नसच्चिए सम्म देश खतरामा हुने उनले बताए । नेपाल संरक्षण अभियानका संयोजक बिष्णु प्रसाद शर्माले मोदी नेपाल भ्रमण आउदा आफू संगै सुरक्षा कर्मी लिएर आउनु नेपाल सरकारको बिश्वास नभएर होकी नेपाल लाई हेपेको हो ? प्रश्न गदै मन्तब्य राखे । राष्ट जोगाउन देश भक्तहरु मिल्नुको बिकल्प छैन शर्माले भने । लामो समय देखि यो अभियान चलाउदै आएका शर्मा राष्टबादी सोच र चिन्तन भएका ब्यक्ति हुन । उनले भने संघीयताका कारण नै देश संकटमा पर्ने दावी गरे । एकताको सुत्रमा बाधिएको देश संघीयतामा जादा जनताले दुख्ख पाउने शर्माले दावी गरे । संघीयताले बिकास हुने होइन , बिकास सोंच चिन्तन र इच्छाशक्तिले हुने हो शर्माले भने । उक्त कार्यक्रमको सभापतित्व अभियानका संयोजक बिष्णु प्रसाद शर्माले गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend