मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

सरकारको कार्यशैलीप्रति सत्तारुढ दलकै असन्तुष्टि

सरकारको कार्यशैलीप्रति सत्तारुढ दलकै असन्तुष्टि

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले स्याबासी संगै आलोचना पनि त्यतिकै खेपिरहेका छन् । सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । वरिष्ठ नेता नेपालले सरकारले विकास, निर्माणको कामलाई प्राथमिकता दिन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
बिहिबार बंगलादेश दुतावासले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकार सुशासन कायम गर्ने कुरामा पनि कमजोर देखिएको टिप्पणी गरे । नेता नेपालले स्रोतले सम्पन्न रहेको नेपाललाई समृद्ध बनाउने सोच सरकारमा अभाव रहेको पनि स्मरण गराए । ‘सरकारले मुलुकमा रहेको स्रोतलाई परिचालन गरेर मुलुकलाई समृद्ध बनाउने अवसर गुमाउन हुदैन, तर त्यसतर्फ सरकारले ध्यान दिएको देखिदैन’ नेता नेपालको भनाई छ ।
वरिष्ठ नेता नेपालले नेपालको विकासका लागि जलस्रोत, उर्जा, कृषि र खनिज क्षेत्रको विकासमा विशेष जोड दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । सो अवसरमा नेता नेपालले नेपालले बंगलादेशको सम्बन्धलाई अझै समधुर बनाउन चाहेको पनि सपष्ट पारेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend