आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

बरिष्ठ स्वास्थ्य व्यवसायी खड्का एसिया युवा उद्यमी अवार्डबाट पुरस्कृत

बरिष्ठ स्वास्थ्य व्यवसायी खड्का एसिया युवा उद्यमी अवार्डबाट पुरस्कृत

लामो समय देखी स्वास्थ्य व्यवसाय क्षेत्रमा क्रियाशिल युवा उद्यमी कैलाश खड्का एसियाको युवा उद्यमीको अवार्डबाट पुरस्कृत भएका छन् । सिंगापुरको ‘एसिया वान’ म्यागजिनले प्रत्येक बर्ष दिने यो अवार्डबाट यस बर्ष हेल्थकेयर क्षेत्रमा विगत ढेड दशकदेखि क्रियाशिल नेपाली उद्यमी खड्का पुरस्कृत भएका हुन् । विगत चार बर्षदेखि नेपाल स्वास्थ्य व्यवशायी महासंघको अध्यक्ष रहेका खड्का वेलकेयर हस्पिटल एण्ड रिसर्च सेन्टर र वेलकेयर इन्स्टीच्युट अफ मेडिकल साईन्स एण्ड टेक्नोलोजीका अध्यक्ष हुन् । खड्कालाई दुवईको मेरियत होटलमा आयोजित विषेश कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो ।
यो अवार्ड ४० बर्ष कम उमेरका व्यक्तिले निश्चित क्षेत्रमा गरेको उद्यमसिशलताको बहुआयमिक विश्लेषण गरेर प्रदान गरिन्छ । नेपालबाट पुरस्कृत हुने उनी यस बर्षका पहिलो नेपाली युवा उद्यमी हुन् । ३४ बर्षिय खड्कालाई ‘मस्ट इन्फुलेन्सियल एसियन अन्डर ४०’को उपाधिबाट पुरस्कृत गरिएको छ । उक्त अवार्डका लागि ४० बर्षभन्दा कम उमेरका युवा उद्यमीले समाज परिवर्तनमा देखाएको प्रभावकारीता, प्रभाव, प्रगती र योगदानलाई मुख्य आधार बनाईने आयोजकले बताएका छन् ।
सिंगापुरको ‘एसिया वान’ पत्रिकाले स्वतन्त्र अनुसन्धन टिम बनाएर एसियाभर अध्ययन गरेर अवार्डका लागि नोमिनेशन गर्ने र छनोट समितिले अवार्डका लागि चयन गर्दछ । सिंगापुरको प्रतिष्ठित म्याग्जिनले प्रदान गर्ने यो अवार्ड ४० बर्ष भन्दा कम उमेरका एसियन युवा उद्यमीलाई प्रदान गरिन्छन् ।

खड्का प्राईभेट हस्पिटल एसोसियसन (अपिन)का केन्द्रीय सदस्य पनि हुन् । श्रम तथा रोजगार मन्त्रालयको विज्ञ समुहमा पनि उनी सदस्य छन् ।अष्टेलियाको सेन्टरल क्विन्सल्याण्ड युनिभसिटीमा अध्ययन गरेर फर्किएका खड्का हेल्थकेयरको माइक्रो अनुसन्धानको क्षेत्रमा पनि क्रियाशिल छन् । उनी विगत दुई दशकदेखि नेपालको हेल्र्थकेयरका विभिन्न क्षेत्रमा सक्रिय छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend