एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिच पार्टी एकताको बिषय अन्तिम चरणमा पुगेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत पार्टीमा आफ्नो हैसियत बराबरी हुने माग राख्दै आएका थिए । जसका कारण एकताको बिषय अल्मलिएको देखिए पनि लगभग एकता प्रक्रिया टुङिगएको बताईएको छ । ओलीले प्रचण्डका मागहरु पूरा गरिदिने सहमति जनाएपछि एकता प्रक्रिया टुंगोमा पुग्ने स्थिति बनेको हो । दुवै पार्टीका नेताहरुले बाहिर नल्याए पनि ओली र प्रचण्डबीच केही विषयमा भद्र समझदारी भएको छ । प्रचण्डको मुख्य चासो रहेको केन्द्रीय कमिटीमा बराबरीको हैसियतलाई ओलीले अधिकतम सम्बोधन गरेको स्रोतले जनाएको छ ।
माओवादी अध्यक्ष प्रचण्डले ओली प्रधानमन्त्रीको हैसियतमा रहुन्जेल आफू पार्टीको कार्यकारी अध्यक्ष हुन पाउनुपर्ने, महाधिवेशनपछि आफूलाई अध्यक्ष बनाउन लिखित सहमति गर्नुपर्ने र आधा कार्यकाल प्रधानमन्त्री बन्न पाउनुपर्ने शर्त अघि सारेपछि एकता प्रक्रिया अवरुद्ध हुँदै आएको थियो । छिटै पार्टी एकता गर्ने सहमती पनि भएको बिशेष सोतले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend