सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जापानमा नेपाली महिलाहरुले खोले महिला फोरम

जापानमा नेपाली महिलाहरुले खोले महिला फोरम

गैर आवासीय नेपाली संघ एनसिसी जापानले महिला संयोजक सबिता श्रेष्ठको संयोजकत्वमा महिला फोरम गठन गरेको छ । जापानमा पहिलो पटक महिला फोरम गठन गरिएको हो । एनआरएनए जापानकी महिला संयोजक रहेकीे श्रेष्ठको संयोजकत्वमा विभिन्न सामाजिक क्षेत्र, संघ संस्थामा सक्रिय महिलाहरूलाई समेटेर २१ सदस्यीय महिला फोरम गठन गरिएको हो । साथै फोरमले चार सदस्यीय सल्लाकार समिति पनि गठन गरेको हो ।
महिला फोरमले ज्वाला संग्रौला सदस्य सचिव रहने गरि, सिर्जना पाण्डे, संगीता अधिकारी, गंगा डंगोल अन्जु भण्डारी, बिष्णु बानियाँ, निरा उपाध्याय,सरिता ढकाल, स्मृति आचार्य, निरा केसी, सिता राणा, सरु बास्तोला, सुनिता महर्जन श्रेष्ठ, कमला गैरे, धर्मिका घिमिरे, दिपा घिमिरे, शक्खु खान, ज्योती पौडेल, ग्रीष्मा ओकोमोतो र लक्ष्मी दुलालको सदस्य रहनु भएको छ । फोरमको सल्लाहकार समुहमा,इन्दिरा सुजुकी, प्रेमिला गौचन, पवन वर्षा शाह र शुष्मा ओमाता चयन भएका छन् । महिला फोरमले सवैसँग मिलेर काम गर्ने समेत बताएको छ । भेलामा एनसिसि जापानको तर्फबाट उपाध्यक्ष शिवप्रसाद पौडेल र प्रवक्ता पर्शुराम बस्नेत को उपस्थित रहेको थियो ।

प्रबासमा महिला सशक्तिकरण , महिला जागरण , नेतृत्व बिकास तथा राष्ट्रीको सम्वृद्धीमा महिलाहरुको भूमिका लाई स्थापित गर्दै अगाडि बढ़ने उद्देश्यका साथ फोरम गठन गरिएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend