नेपाल प्रहरीका उच्च पदका प्रहरीहरु नै सुन तस्करीमा मुछिएपछि तरङग पैदा भएको छ । देशको सेवा गर्ने भनेर देशको जिम्मा ल्याएका सुरक्षाकर्मी बाटै यति ठुलो खेल हुदो रहेन्छ भन्ने कुराको पर्दाफास भएको छ । यही वेला एकै चोटी ७९ जना एसपीको सरुवा भए पछि झन प्रहरी भित्र खैला बैला नै मच्चिएको छ । प्रहरी प्रधान कार्यालयले ७९ जना एसपीहरुको सरुवा गरेको छ । जेठ महिनादेखिको तलब भत्ता हाल सरुवा भएको ठाउँबाट खानेगरी एसपीहरुको सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार पर्सामा रेवती ढकाल, काभ्रेमा चन्द्रकुबेर खापुङ, चितवनमा सुशील राठौर, भक्तपुरमा हिमालय श्रेष्ठ, काभ्रेमा रविराज खड्का, तनहुमा सिद्दीबिक्रम शाह, कास्कीमा ओम राना र बारामा मिरा चौधरीको सरुवा भएको छ । कैलालीका एसपी अर्जुन चन्द ठकुरी केन्द्रीय कार्यालयमा सरुवा भएका छन्। कास्कीका एसपी अशोक सिंहलाई महानगरीय प्रहरी कार्यालयमा सरुवा गरिएको छ । अख्तियारका एसपी उमाप्रसाद चतुरदेवीलाई सुर्खेत पठाइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend