भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भए पछि तराई र काठमाडौमा उनलाई स्वागत गर्न तामझाम सुरु भएको छ । नेपालमा भूकम्प गएको वेला नेपालमा नाकाबन्दी गरेर ठुलै दुख दिएका थिए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले । ठिक नाकाबन्दी गरेको ३ बर्ष पछि उनी मोदी नेपालको भ्रमणमा अ“ाउदै छन् । उनले गरेको नाकाबन्दी नेपाली जनताको मनमा ताजै छ । त्यसैले नै होला मोदी देखी आम मानिस अहिले पनि असन्तुष्ट छन् । सरकारले नेपालमा हुने गरेका सार्वजनिक बिदा कटौती गरेको वेला भारतीय प्रधानमन्त्री नेपाल आउने भएकै कारण नेपाल सरकारले सार्वजनिक बिदा दिने भएको छ । मोदी जनकपुर आउने दिन प्रदेश २ मा सार्वजनिक हुने भएको छ । प्रदेश २ को मन्त्रिपरिषद बैठकले वैशाख २८ गते प्रदेश स्तरीय सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले प्रदेश भित्रका आठवटै जिल्लाबाट मोदीले सम्बोधन गर्ने कार्यक्रममा ५० हजार मानिस सहभागी गराउन सर्कुलर जारी गरेको छ । मन्त्रिपरिषद बैठकले दुई वटा थप विद्येयक बनाउने विषयमा सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । नीति आयोग गठन तथा कार्य आदेश विधेयक र प्रदेश प्रकृतिक स्रोत व्यवस्थापन विधेयक बनाउने विषयमा मन्त्रिपरिपरिषदबाट निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जानाएको छ । भारतीय प्रधानमन्त्री नेपाल आएर भूकम्पको बेला उनले गरेको नाकाबन्दीको बिषयलाई कसरी सम्बोधन गर्लान त्यो भने हेर्न बाकी नै छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend