सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

उपत्यका मोबाइल व्यवसायी संघको तेस्रो अधिवेशन सम्पन्न, उमेश प्रसाद चौलागाईं अध्यक्षमा निर्वाचित

उपत्यका मोबाइल व्यवसायी संघको तेस्रो अधिवेशन सम्पन्न, उमेश प्रसाद चौलागाईं अध्यक्षमा निर्वाचित

काठमाडौं । उपत्यका मोबाइल व्यवसायी संघको साधारण सभा तथा तेस्रो अधिवेशन २०८३ आज काठमाडौंको चावहिलस्थित हाइपो क्याफेमा सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन सत्र नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष तथा उपत्यका मोबाइल व्यवसायी संघका अध्यक्ष बद्री कुँवरको सभापतित्वमा सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष विमलकुमार होडाले व्यवसाय दर्ता नगरी पसल सञ्चालन गर्दा विभिन्न कानुनी तथा प्रशासनिक समस्या आउन सक्ने भएकाले सबै व्यवसायीलाई विधिसम्मत रूपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरे। उनले मोबाइल व्यवसायीहरूले भोगिरहेका समस्या र चुनौतीबारे आफू जानकार रहेको उल्लेख गर्दै व्यवसायमैत्री वातावरण निर्माणका लागि स्थानीय तहले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उद्घाटन सत्रमा विशेष अतिथिका रूपमा बोल्दै नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष रमेश कुमार घिमिरेले मोबाइल व्यवसाय क्षेत्रले विभिन्न चुनौती सामना गरिरहेको बताए। उनले व्यवसायीका समस्या समाधानका लागि महासंघ निरन्तर सक्रिय रहेको उल्लेख गर्दै सरकारले सार्वजनिक गरेको नयाँ बजेटले व्यवसायीहरूमा केही आशा र उत्साह जगाएको धारणा राखे।

कार्यक्रममा विशेष अतिथि जनक बस्नेत तथा अतिथि श्याम सागर श्रेष्ठले पनि व्यवसायीहरूको हकहित, व्यवसायको संरक्षण र प्रवर्द्धनका विषयमा आफ्ना धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन कमलराज आचार्यले गरेका थिए।

उद्घाटन सत्र सम्पन्न भएपछि बन्द सत्र बसेर संघको नयाँ कार्यसमिति चयन गरिएको थियो। अधिवेशनले उमेश प्रसाद चौलागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको छ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रमोद कार्की, महासचिवमा अर्जुन कुमार वास्तोला, सचिवमा करिष्मा श्रेष्ठ, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ तथा सह-कोषाध्यक्षमा मोहन कार्की चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा प्रतिकार पुडासैनी, सन्तोष रिमाल, लक्ष्मण बुनिकार, पेमा थिले शेर्पा, मनिष पोद्दार, कुमार ढंगाल, तोकलाल श्रेष्ठ तथा राजेन्द्र पौडेल निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सहभागीहरूले मोबाइल व्यवसायीहरूको पेशागत हकहित संरक्षण, व्यवसायिक एकता सुदृढीकरण तथा क्षेत्रको समग्र विकासमा नयाँ नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्। अधिवेशनले व्यवसायीहरूबीच सहकार्य, एकता र व्यवसायिक वातावरण सुधारका विषयमा समेत छलफल गर्दै विभिन्न निर्णयहरू पारित गरेको जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend