काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन काठमाडौंमा जारी रहेको छ । हिजो बन्दसत्र सम्पन्न भएको महासंघको महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेको छ।
यसैबीच महासंघको केन्द्रीय उपाध्यक्ष पदका उम्मेदवार बद्री कुँवरले मोबाइल व्यवसायीहरूको हक, हित र अधिकारको संरक्षणका लागि आफू सधैँ अग्रपंक्तिमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
“मोबाइल व्यवसायीको हक, हित र अधिकारको निमित्त कर्तव्यबोध गरी सधैँ अगाडि रहनेछु,” भन्दै कुँवरले व्यवसायीहरूको साझा मुद्दा समाधान गर्न एकताबद्ध नेतृत्व आवश्यक रहेको बताएका छन्।
उनले “एकजुट व्यवसायी, सुरक्षित भविष्य, समृद्ध मोबाइल व्यवसाय हाम्रो लक्ष्य” भन्ने नारासहित आफ्नो चुनावी अभियानलाई अगाडि बढाएका छन्।
मोबाइल व्यवसाय क्षेत्रमा देखिएका विभिन्न चुनौती, बजारको अस्थिरता, नीतिगत अन्योल तथा व्यवसायीमाथि बढ्दो दबाबका बीच व्यवसायीहरूको अधिकार सुनिश्चित गर्न आफूले प्रभावकारी भूमिका खेल्ने उनको दाबी छ।
महाधिवेशनमा देशभरबाट आएका मोबाइल व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको छ भने नयाँ नेतृत्व चयनलाई लिएर चुनावी माहोल पनि तातेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend