राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वभरीका श्रमिकहरुलाई एकताको सूत्रमा बाँध्न मजदुर दिवसले सहयोग गर्ने विश्वास व्यक्त गरेकी छन् । उनले मजदुर र उद्योगबीच उपयुक्त सम्बन्ध स्थापित हुन सकोस् र श्रम अधिकार सुनिश्चित होस् भन्ने कामना पनि गरेकी छन् ।
मजदुर दिवसको अवसरमा राष्ट्रपतिबाट जारी शुभकामना सन्देशमा लेखिएको छ, ‘सबै नेपाली श्रमिकहरुले स्वदेश तथा विदेशमा श्रम गर्दा अनुकूल श्रम वातावरण, न्यायोचित पारिश्रमिक एवम् सामाजिक सुरक्षा लगायतका सबै श्रम अधिकार सुनिश्चित भई उपयुक्त औद्योगिक सम्बन्ध स्थापित हुन सकोस् भन्ने कामना गुरिन । उनले मजदुर दिवसको अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् श्रम अधिकार सुनिश्चितताको कामना पनि गरेकी छन् । आर्थिक समृद्धि, सामाजिक विकास, दिगो शान्ति सुशासनतर्फ अग्रसर वर्तमान अवस्थामा सबै नेपाली श्रमिक तथा मजदुरहरुले आफ्नो हक अधिकारको पूर्ण, जीवनोपयोगी र सार्थक रुपमा प्रयोग गर्न सकुन् भन्ने शुभकामना गरेकी छिन् । मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्त रुप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग लाभान्वित हुने उनको अपेक्षा छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend