सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पत्रकार ढुंगेल नगद ५० हजार राशी सहित ब्लुमबर्ग पुरस्कार’बाट पुरस्कृत

पत्रकार ढुंगेल नगद ५० हजार राशी सहित ब्लुमबर्ग पुरस्कार’बाट पुरस्कृत

काठमाडौ, जेठ १७ गते । करिब एक दशक  देखी  पत्रकारितामा सक्रिय गोरखापत्र दैनिकका स्वास्थ्य पत्रकार सरोज ढुंगेललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्मान गरेको छ ।

मन्त्रालयले ‘स्वास्थ्य मन्त्री ब्लुमबर्ग पुरस्कार’ शिर्षकमा उहाँलाई सम्मानित गरेको हो । स्वास्थ्य पत्रकारीता तथा सुर्तीजन्य पदार्थमा उल्लेखनीय योगदान गरेको भन्दै मन्त्रालयले सम्मान गरेको हो । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पत्रकार ढुंगेललाई नगद ५० हजार राशी सहित सम्मान गर्नुभएको हो ।

नेपालले धुम्रपान नियन्त्रणमा सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमुलक चित्र राख्ने कानुन विश्वमा पहिलो पटक बनाएकोमा ले नगद एक लाख डलर सहित ‘अन्र्तराष्ट्रिय ब्लुमवर्ग फिल एन्थ्रोपिज अवार्ड’ जित्न सफल भएको थियो । त्यहि रकमबाट व्याज आएको पैसाले धम्रपान विरुद्ध काम गर्ने व्यक्ति तथा संघसस्थालाई विश्व धुमपान रहित दिवसको अवसर पारेर सम्मान गरिएको हो ।

यसरी सम्मानित हुनेहरुमा सूर्तिजन्य पदार्थ नियन्त्रणमा सक्रिय भूमिका खेलेबापत व्यक्तिगत रुपमा पूर्व स्वास्थ्य मन्त्री तथा सांसद खगराज अधिकारी, पत्रकार तर्फ गोरखापत्र दैनिकका सरोज ढुंगेल गृह मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदी हुनुहुन्छ ।

यस्तै सस्थागत तर्फ स्वास्थ्य पत्रकार मञ्च नेपाल, सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश नयाँ पत्रिका दैनिक रहेकाछन् । पुरस्कृत हुने सबैलाई सम्मानपत्र र नगद ५० हजार रुपैया रहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend