सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अब नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हब बनाउनु पर्छ — बरिष्ठ नेता खनाल

अब नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हब बनाउनु पर्छ — बरिष्ठ नेता खनाल

काठमाडौ, १३ जेष्ठ । नेकपाका बरिष्ठ नेता एबम पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हब बनाउनु पर्ने बताएका छन् । काठमाडौमा ड्रिम डेस्टिेनी एजुकेशन पÞmाउण्डेशनले आयोजना गरेको ग्लोबल शिक्षा प्रणाली”बिषयक अन्तरक्र्रिया कार्यक्रम बोल्दै बरिष्ठ नेता खनालले नेपाली बिद्यार्थीहरु विदेशिने क्रम निरन्तर बढीरहेको बताउदै अब विश्वभरिका विद्यार्थीहरुलाई अध्ययन गराउन नेपालमा ल्याउन प्रयत्न गर्नु पर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका बरिष्ठ नेता खनालले नेपाल प्राकृतिक रुपले सुन्दर,सास्ंकृतिक, उन्नत र शैक्षिक रुपले बिकसित भएपनि उच्चशिक्षा आर्जन गर्ने नाममा बर्षनी नेपालको अरबौ रकम बिदेशिने गरेको भन्दै दुख व्यक्त गरे ।कार्यक्रममा शिक्षा,पर्यटन,उद्योग,ब्यवसायी संचार क्षेत्रका बिज्ञ तथा बरिष्ठ ब्यक्तित्व लगायत संघिय र प्रदेश सांसदहरुको समेत सहभागीता रहेको थियो ।

कार्यक्रममा सस्ंथाका प्रमुख तथा ड्रिम डेस्टिेनी एजुकेशन पÞmाउण्डेशनका अध्यक्ष बुद्धि प्रसाद रेग्मीले सो बिषयमा आफ्नो कार्यपत्र अर्थात नेपाल र ग्लोबल शिक्षा प्रणालीमा देखिएको समस्या र समाधानका उपाय बारे विषयककार्यपत्र प्रस्तुत गरे प्रस्तुत कार्यक्रममा अध्यक्ष रेग्मीले नेपालका प्रचलित शिक्षा नीति र प्रणालीलाई आधारभूत रुपमै परिबर्तन गरेर बिश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने खालको हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष रेग्मीले दक्ष,शिप र क्षमता मुलक जनशक्ति नेपालमै उत्पादन गर्नु गराउनु पर्ने भन्दै नेपाली शैक्षिक संस्थाहरुलाई बिदेशी बिद्यार्थी आकर्षण गर्ने खालका प्राबिधिक र व्यवहारिक शिक्षण संस्थाहरु अविलम्ब संचालनमा ल्याउन नेपाल सरकारलाई निजि क्षेत्रबाट सुझाब दिनु पर्ने बताए । उनले सरकारले यो प्रस्तावलाई आत्मसात र लागु गर्न ध्यानदिनु पर्ने कुरा आंैल्याए ।

त्यस्तै अर्का योगराज उपाध्यायले आफ्नो कार्यपत्रमार्फत नेपाली र ग्लोबल शिक्षा प्रणालीमा रहेको गुणस्तरको समस्याले नेपाली बिद्यार्थीहरुको भबिष्य बिश्व बजारमा कमजोर र दुखदायी भएको स्पष्ट खाका पेश गरे । नेपाली शिक्षा क्षेत्रमा देखिएका ज्वलन्त समस्या र त्यसले विश्वभरी उत्पन्न गरेको नेपाली शिक्षाको दुखद पक्ष भएको बताए ।

यस्तै शिक्षा बिशेषज्ञ डा.जीवन खनालले पनि आफना कुरा राख्नु परेको थियो । प्रस्तुत तिन वटै कार्यपत्र माथी १५ जना शिक्षकहरुले विभिन्न जिज्ञासा राख्नु भयो भने उपस्थित बिशेष अतिथिबाट सांसद केशब राज पोख्रेल, अनेरास्ववियुका रश्मी आचार्य,नेबिसंघका खड्ग डाँगी, प्याब्सनका टि.आर.ढकाल, एनप्याब्सनका शम्भु अधिकारी,शिक्षाविद डा.बाबुराम अधिकारी, पर्यटनविद् डा.अलकबाबु प्रसाई,उद्योग व्यापार र ब्यवसायीहरुको छाता संगठन नेपालउद्योग बणिज्य संघको तर्फबाट राजकुमार भट्टराई लगाएतले कार्यपत्र राम्रो भएको बताएका थिए ।

अतिथिहरुले नेपालको शिक्षा र ग्लोबल शिक्षा प्रणालीमा देखिएका समस्या र त्यसलाई आधारभूत रुपमै परिबर्तन गर्नु पर्नेमा नेपाल सरकारको ध्यान जानु पर्ने कुरामा जोड दिएका थिए ।

शिक्षा क्षेत्रमा कलम चलाउ“दै आएका प्रकाश सिलवाल र अनन्त अनुरागलाई ड्रिम डेस्टिेनी एजुकेशन पÞmाउण्डेशनतर्फ बाट दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने यसै संस्थामा कार्यरत ४ जनाकर्मचारीहरु अमृता श्रेष्ठ, विवेक कुमार पौडेल, कपिल उपे्रति र केशवराज के सी लाई उत्कृष्टताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend