सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पशुमाथि निर्दयी व्यवहार गरेको भन्दै पशुअधिकारकर्मीको आक्रोश,कानूनको प्रभावकारी कार्यान्वयन गर्न माग ।

पशुमाथि निर्दयी व्यवहार गरेको भन्दै पशुअधिकारकर्मीको आक्रोश,कानूनको प्रभावकारी कार्यान्वयन गर्न माग ।

विपी पोखरेल काठमाडौं, ९ जेठ । पशुहरुको कल्याणका लागी पशुपंक्षी सम्बन्धि ऐन र नियमहरुको प्रभावकारी कार्यान्वयन आवश्यक रहेका सरोकारवालाहरुले बताएका छन् । नेपालमा पशु कल्याणको सवलीकरणका लागि सञ्चारमाध्यमको भूमिका नामक एक दिवसीय अन्तरक्रिया कार्यक्रम पशुपंक्षीहरुको संरक्षणमा काम गर्दै आएको सँस्था स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले आफू विगत ५ वर्षदेखि पशु कल्याणसम्बन्धी काम गर्दै आएको बताउँदै पशुअधिकारका बारेमा मानिसहरुमा ज्ञानको अभाव रहेका बताइन् । उनले भनिन्, मानिसले आफुले उपयोग गर्ने अवधिसम्म पुशहरुलाई मायाँ गरेपनि पशुहरुबाट उपभोग हुन छाडेपछि जंगलमा लगेर छाड्ने, तातोपानी खनाउने, तथा अनेक खालका अमानवीय कार्य भएको छ यो निकै दुखःद हो । यद्यपी सञ्चार माध्यमहरुले बेलाबेलामा पशुअधिकारका विषयमा आवाज उठाएका कारण आफुहरुलाई सरकारको ध्यानकषर्ण गराउन केही सहज भएको बताइन् । उनले मिडीयाको भूमिका आगामी दिनमा पनि अझै शसक्त हुनुपर्ने धारण व्यक्त गरिन् ।
उनले थपिन्,‘मिडियाले सुसुचित गरेपछि अहिले पशुहरुलाई माया गर्नेहरुको संख्या बढेको छ । मिडियाकै कारण पशु कल्याणबारे आम मानिसहरु सुसुचित हुनुभएको छ । यो त हामीजस्तो पशु कल्याणमा काम गर्नेहरुको लागि खुशीको कुरा हो ।’

कार्यक्रममा अधिवक्ता पदम बहादुर श्रेष्ठले पशुहरुको अधिकारको लागि सम्बन्धित निकायलाई निरन्तर घचघचाउँदापनि कुनै सुनुवाई नभएकोमा दुखेसो पोखे । उनले भने पशुको अधिकार रक्षा गर भनेर कराउँदा कराउँदा कुनै सुनुवाई भएन अतिनै भएपछि सर्वोच्च अदालतनै जानु पर्ने अवस्था आयो । पशुपक्षीको ढुवानी गर्दा व्यवस्थित तरिकाले गर्नुपर्छ भनेर सम्बन्धित निकायलाई हार गुहार गर्दा पनि सुनुवाई नभएपछि अदालत जानुपर्यो अदालतले अहिले पशु कल्याण ऐन बनाउनको लागि आदेशसमेत दिईसकेको श्रेष्ठले बताए । उनले पशुमाथि निर्दयी व्यवहार गरेको भन्दै आक्रोश पोखे ।

कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा.वंशि शर्माले पशुको कल्याण नै विभागको मूल मन्त्र भएपनि विभागले मात्रै पशुहरुको संरक्षण गर्न सम्भव नभएको बताए । उनले भने हामिले पशु कल्याणको लागि पशु कल्याण निर्देशिका जारी गरिसकेका छौ यसको कार्यान्वयनका लागी स्थानीय देखी केन्द्रीय सरकारले सहयोग गर्नुपर्छ । छाडा पशुहरुलाई हेर्ने जिम्मेवारी आफूहरुको नभएर स्थानीय निकायको भएको शर्माको भनाई थियो ।

पशुपन्छी विकास मन्त्रालयका पूर्व सचिव डा. कृष्णचन्द्र पौडेलले पशुलाई पनि मानवलाईजस्तै पीडा हुने भएकोले पशुलाई मानवीय व्यवहार गर्नुपर्ने बताए । पौडेलले दुध दिने बेला सम्म गाई पाल्ने अनि सडकमा छोड्ने काम नगर्न तथा मानवीयता र नैतिककताको पनि ख्याल गर्न सम्बन्धित पक्षको ध्यानाकषर्ण गराए । उनले मानिसहरुको तथ्याङ्क संकलन गर्न जनगणना गरे जस्तै पशुगणना गर्न पनि सुझाएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend