सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

वाईडबडी खरिदमा भ्रष्टाचार गर्नेहरु पहिचान गर्न सार्वजनिक सुनुवाई गरिने (भिडियो सहित) ।

वाईडबडी खरिदमा भ्रष्टाचार गर्नेहरु पहिचान गर्न सार्वजनिक सुनुवाई गरिने (भिडियो सहित) ।

 विपी पोखरेल काठमाडौं, ९ जेठ । नेपालका लागि नेपाली नामक अभियानले वाइडबडी खरिदमा भएको घोटलाको विषयमा सार्वजनिक सुनुवाई गर्ने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाल वायुसेवा निगमले हाई फ्लाई–एक्स आईरल्याण्ड लिमिटेडबाट दुई वटा एयरवस ए ३३०–२०० खरिद गर्ने गर्दा भ्रष्टाचार गरेको विषयमा यही जेठ ११ गते दिउँसो १२ बजे काठमाडौंको वसन्तपुर डवलीमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको हो ।

वाईडबडी भ्रष्टाचार छानबिनका लागि नागरिकका तर्फबाट बनाइएको नागरिक आयोगले सार्वजनिक सुनुवाई गरी भ्रष्टाचार सम्बन्धमा भएका जानकारी नागरिक तथा सञ्चारकर्मीबाट संकलन गरेर आफ्नो निष्कर्ष सार्वजनिक गर्ने जनाएको छ । यसका लागी अभियानका अभियन्ता डा. सुरेन्द्र भण्डारीले उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा आम–नागरिक, विषयका विज्ञ र सम्पूर्ण पत्रकारहरुलाई सहभागी भईदिन आग्रह गरेका छन् ।

भिडियो

https://www.youtube.com/watch?v=pH_C4wT3cNk

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend