सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राष्ट्रिय वाणिज्य बैंक र सिटी एक्सप्रेस बिच रेमिटेन्स सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र सिटी एक्सप्रेस बिच रेमिटेन्स सम्झौता

काठमाडौं, ९जेठ । सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिटेन्स सेवा सुरु भएको छ । सम्झौता पश्चात् सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट आउने सम्पूर्ण विदेशी तथा स्वदेशी रेमिटान्स, राष्ट्रिय बाणिज्य बैंकको सम्पूर्ण शाखाबाट सहज रुपले ग्राहकहरुले प्राप्त गर्न सक्ने भएका छन ।

सम्पूर्ण देश तथा विदेशमा रहेका ग्राहकहरुले सहज र सुलभ तरिकाले रेमिटान्स कारोबार गर्न सक्ने बताइएको छ ।गत जेष्ठ ०६ गते एक कार्यक्रमकाबीच राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट कोष (टर््ेजरी) प्रमुख सरस्वती अधिकारी र सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले सो सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १२ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरुबाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend