सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पार्टीले अन्याय गरेको भन्दै तामाङले गरे फरक जिम्मेवारीको माग

पार्टीले अन्याय गरेको भन्दै तामाङले गरे फरक जिम्मेवारीको माग

काठमाडौ, ८ जेठ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का सह–अध्यक्ष रन्जित तामाङले पार्टीले आफुलाई फरक जिम्मेवारी दिन माग गरेका छन् । उनले आफु माथि पार्टीले अन्याय समेत गरेको दोहोराएका छन् । झापामा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै तामाङले परिवार भन्दा माथि प्रचण्ड मानेकोे भएता पनि आफुमाथि अन्याय भएको दुखेसो पोखे ।

’एक संगठनको अध्यक्ष संयोजक बन्ने र अर्को समान संगठनको अध्यक्ष सो भन्दा फरक पदमा रहने भन्ने जायज नभएको उनको भनाई छ । पार्टी नेतृत्वले जिम्मेवारी तोक्दै गर्दा तामाङले त्यसप्रति आपत्ति जनाउदै गृह जिल्ला पुगेर आफ्नो आधिकारिक धारणा राख्ने बताएका थिए ।

पार्टी एकता संगठनात्मक मात्र नभई भावनात्मक पनि हुन पर्ने भन्दै उनले नेकपामा त्यसको अभाव भएको जिकिर गरे । बिश्वबिद्यालय, कलेज र निजि शैक्षिक क्षेत्रमा बेथिति बढेको बेला बिधार्थी संगठन कुहिरोको काग बन्दै गरेको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend