झापा, ६ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले ‘पत्रकारले गरेको आन्दोलनले प्रेस स्वतन्त्रतालाई स्थापित गर्न र प्रेसलाई मर्यादित बनाउन बहसको शुरुवात गरेको बताउनु भएको छ । मिडिया काउन्सिल विधेयकप्रति पत्रकारले गरिरहेको आन्दोलन गलत नभएको उहा“को भनाई छ । वरिष्ठ नेता खनालले सरकार संविधान भन्दा बाहिर जान नहुने उल्लेख गर्नुभयो ।
‘संविधानले प्रेस स्वतन्त्रताको जे परिकल्पना गरेको छ, त्यो परिकल्पनाभन्दा माथि सरकार जान सक्तैन’ उहाँले भन्नुभयो हामी सरकारलाई त्यसरी हिंड्न दिन्नौ । सरकारको एक वर्षलाई आधार वर्षका रुपमा लिइएको छ ।
मौलिक हकदेखि सयौं ऐन कानून र नियमहरु बनाइएका छन् । सरकारले करिव ७ प्रतिशतले इकोनोमिक ग्रोथ गरेको तथ्याङ्क छ, समग्रमा गौरवपूर्ण र चुनौतिपूर्ण काम गरिरहेको छ ।’नेता खनालले पार्टी एकीकरणपछि सिद्धान्त कार्यान्वयनमा लाग्ने बताउनु भयो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend