सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जनमोर्चाप्रति सुर्य थापाको आक्रोस, संघीयताको विरोध गर्ने, तर यहि व्यवस्थामा टाँसिएर राजनीति गर्ने

जनमोर्चाप्रति सुर्य थापाको आक्रोस, संघीयताको विरोध गर्ने, तर यहि व्यवस्थामा टाँसिएर राजनीति गर्ने

प्युठान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य  सुर्य थापाले संघीयतालाई विरोध गर्ने तर, यहि व्यवस्थामा टाँसिएर राजनीति गर्ने राष्ट्रिय जनमोर्चा प्रति कड्किदै आक्रोस व्यक्त गरेका छन् । नेकपा झिमरुक गाउँपालिका वडा नम्बर ३ संगठन कमिटीले आहालखोलामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाइ सम्वोधन गर्दै प्रमुख अतिथी थापाले यस्तो वताएका हुन् ।

मसालको स्थिति अब आउने निर्वाचनमा लाइट बालेर खोज्ने  स्थिति आउने वताएका छन् ।झिमरुकमा पुगेका नेता थापाले भने, नेकपा जस्तो विशाल सागरमा मसाल खोज्ने चेष्टा अत्यन्तै नमज्जाको कुरा हो । हामीले युवा शक्तिको परिचालन गर्दै प्युठानलाई नमुना जिल्लाको रुपमा अघि सार्ने गरि काम गर्नु पर्छ ।

नेता थापाले कड्किदै मसालप्रति आक्रोस व्यक्त गरेका हुन् । उनले भेलालाई सम्बोधन गर्दै थपेका छन, मसालले अब चाहेर पनि प्युठानमा निर्वाचनमा सहभागित जनाउन सक्दैन । जनताले मसालको कुकर्म बुझिसकेका छन् ।यस्तै, नेकपा प्रदेस कमिटि सदस्य पीतबहादुर एमसीले मसालले प्युठानमा फोहोरी राजनीति गर्न कोजेको आरोप लगाएका छन् ।

नेता एमसीले मसालले विकास निर्माणमा काम चाहिएको भए पार्टीको सदस्यता र लेवि काटेपछि मात्रै काम अगाडी बढाउछु भन्दै गरेको काम प्रति विरोध जनाएका हुन् ।तर, विद्यार्थी नेता तथा अखिल क्रान्तिकारी उपमहासचिव मिलन एमसीले मसालका दिनगन्ती सुरु भएको दाबी गर्दै जनतालाई शोषण गर्न खोजे कार्यालय घेराउ गर्ने चेतावनी समेत दिए ।

विद्यार्थी नेता एमसीका अनुसार प्युठानले कम्युनिष्ट नेता थुप्रै जन्माएपनि स्वार्थ र आफ्ना आसेपासेलाई पोस्ने काम गर्दा जिल्लाको विकासमा आँच पुगेको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend