सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सँगै बस्न नमानेपछि श्रीमतीलाई एसिड प्रहार गरेको भुजेलको खुलासा

सँगै बस्न नमानेपछि श्रीमतीलाई एसिड प्रहार गरेको भुजेलको खुलासा

काठमाडौं, जेठ २ । पछिल्लो समय समाजमा अपराधिक घटना बढ्दै गएका छन् । कतै बतात्कारका घटना त कतै मानिसको ज्यान लिने सम्मको घटना भईरहेको देख्ने सुन्ने गरिन्छ । यस्तै कालोपुलमा बुधबार राति श्रीमतीलाई एसिड छ्यापेको भनी पक्राउ परेका विष्णु भुजेलले अपराध स्वीकार्दै बयान दिएको प्रहरीले जनाएको छ ।

काभ्रे, धुलिखेलका भुजेललाई प्रहरीले काँडाघारीबाट पक्राउ गरेको हो । उनले प्रहरीसँगको बयानमा ’श्रीमती सँगै बस्न नमानेपछि त्यही रिसमा एसिड हानेको’ बताएका छन्।मोटरसाइकल ग्यारेजमा काम गर्ने भुजेल र जेनी खड्काको छ वर्षअघि बिहे भएको थियो।

उनीहरू दुई वर्षदेखि छुट्टाछुट्टै बस्दै आएका थिए। दुई वर्षदेखि खड्काले छोरा पनि आफूसँगै हुर्काइरहेकी थिइन्।’जति फकाउँदा पनि जेनी सँगै बस्न नमानेपछि अरूसँग सम्बन्ध रहेको शंकामा एसिड प्रहार गरेको भुजेलले बयान दिएका छन ।

एसिड प्रहार गरेर भुजेल काँडाघारीको भट्टी पसलमा मादक पदार्थ सेवन गरिरहेका थिए। त्यही बेला प्रहरीले उनलाई पक्राउ गरेको हो । यस बारे अन्य अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend