सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

विचारमा स्पष्ट नभए नेकपाले निर्णायक जीत हासिल गर्न नसक्ने रक्षामन्त्रीको दाबी

विचारमा स्पष्ट नभए नेकपाले निर्णायक जीत हासिल गर्न नसक्ने रक्षामन्त्रीको दाबी

काठमाडौं, जेठ १ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले विचारमा स्पष्ट हुन सकेन भने कम्युनिस्ट पार्टी एकता भएर बनेको ठूलो पार्टीले निर्णायक जीत हासिल गर्न नसक्ने बताएका छन् ।

काठमाडौंमा युवा संघ नेपालको २९ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले एमाले र नेकपा एमाओवादी केन्द्रबीचको एकता जनचाहनाअनुसार भएको बताउदै विचारमा पनि स्पष्ट हुन आबश्यक रहेको बताए ।

उनले विचारमा स्पष्ट हुन नसके जतिसुकै ठूलो भए पनि कम्युनिस्ट पार्टी तासको महलजस्तो ढल्न सक्ने उनको भनाई छ । हिजो आफ्नो(आफ्नो राजनीतिक कार्यदिशा बोकेर हिँडेका एमाले र माओवादीका नेतारकार्यकर्ता अब विचारमा स्पष्ट भएर नयाँ ढंगले अघि बढ्नुपर्ने उनले बताए ।

‘पार्टी एकताबद्ध भएको खुसी मनाइरहेका छौं तर विचारमा अस्पष्टता रह्यो भने त्यसले हामीलाई अगाडि बढ्न दिँदैन,’ उनले भने, ‘हाम्रो एकता जिन्दावाद भनेर नारा लगाइरहँदा विचारमा स्पष्ट भएको पार्टी जिन्दावाद भनेर सँगसँगै नारा लगाउनुपर्छ।’ एकताबद्ध भएको नेपालको कम्युनिस्ट पार्टी तासको महलजस्तो ढल्न नहुने भएकोले सबैले खबरदारी गर्नुपर्ने बताए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend