चितवन, बैशाख ३१, । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार प्रेस प्रति पूर्वाग्राही नभएको बताएका छन् । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइबर टु द होम सेवाको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले प्रेसका नाममा छाडातन्त्र गर्ने काम भने स्वतन्त्रताको मूल्य र मानक नभएको बताए ।
विधेयक ल्याउँदा विदेशी र स्वदेशी प्रचलनसमेत हेरिएको स्पष्ट पार्दै अमेरिकामा पनि एक करोडसम्मको जरिबाना हुने प्राबधान रहेको समेत उनले बताए ।
अरु नै मनमा कुरा राखेर चलाइएको होहल्लाबाट प्रभावित हुन नसक्ने बताउँदै मन्त्री बाँस्कोटाले भने ’बहिष्कार आदि इत्यादिको अर्थ छैन । सत्ता लुछेर, कु गरेर आएको चिज होइन । यो जनताद्वारा निर्वाचित सरकार हो ।’ संवाद भने जरुरी रहेको र गर्नुपर्ने उनले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend