काठमाडौं, बैशाख ३१ । नेकपाका अध्यक्ष प्रचण्डले देशमा रहेका युवा जनशक्तिलाई वैदेशिक रोजगारीमा जानबाट नरोके परिवार र समाज नै विघटन हुने खतरा बढिरहेको बताएका छन् ।
अन्तराष्ट्रिय प्रांगारिक कृषि सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले देशको स्रोत साधनको अधिकतम प्रयोग गर्दै नेपाली युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्ने बताए ।
वैदेशिक रोजगारीले देशमा आम्दानी भन्दा बढी समस्या सिर्जना गर्न सक्ने उनको भनाई छ । कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘नेपाली युवा कामकै लागि विदेश जाँदा सबैभन्दा ठूलो क्षति राष्ट्रले बेहोरेको बताए ।
युवा पुस्ता विदेश जाँदा परिवारमा आएको विचलनका घटना बढेको भन्दै उनले यो समस्या अहिले परिवारभित्र भएपनि आगामी दिनमा समाजमा बढ्दै देशमै ठूलो समस्याका रुपमा देखा पर्ने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend