सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

फोरम संग पार्टी एकता गर्दा बाबुरामले एकलौटी गरे — नेता तिवारी

फोरम संग पार्टी एकता गर्दा बाबुरामले एकलौटी गरे — नेता तिवारी

संघीय समाजबादी फोरम र नयाँ शक्ति पार्टी बिच एकीकरण भइसेपछि तात्कालीन नयाँ शक्ति पार्टीका केन्द«ीय नेताहरु असन्तुष्ट बनेका छन् । असन्तुष्टिको कारण के हो भन्ने विषयमा पार्टीका प्रभावशाली नेता एबम् केन्द्रीय सदस्य नारायण तिवारी संग यसै विषयमा गरिएको कुराकानीको सम्पादित अंश ।

नारायण तिवारी जी, पार्टी एकतामा किन भाजो हाल्दै हुनुहुन्छ तपाईहरु ?

हामीले भाजो हालेको होइन, झन् बलियो बनाउने कुरामा, एकता गर्ने कुरामा हाम्रो कुनै असहमती छैन ।

तपाइहरुले त विरोध गरीरहनु भएको छ नी त ? पार्टी एकता आवश्यक छैन भनेर

पाटीलाई झन् राम्रो कसरी बनाउने भन्ने कुरा हो हाम्रो ।

तर बाबुराम भट्टराई र उपेन्द« यादवबिच पार्टी एकता भइससकेपछि तपाईहरुले विरोध गर्नुको औचित्य छ ?

एउटा लोकतान्त्रिक पार्टी भित्र पर्याप्त बहस, पर्याप्त छलफल अन्तरक्रिया नभईकन एकीकरण हुनु चै गलत हो । म केन्दि«य सदस्यको नाताले भन्दैछु ।

बाबुराम भट्टराईले पार्टीका शिर्ष नेताहरु संग छलफल गरेरै निर्णय लिनु भएको हो । यसमा तपाईहरुको किन आपत्ति ?

तपाई पनि राजनितिलाई हेररिहनु भएको छ , भोली देख्नुहुनेछ तपाईले, गम्भीर प्रकृतिका क्रुटिहरु भए भन्ने छ । पार्टीमा लोकतान्त्रिक बहस भएन, छलफल भएन , पार्टीका एजेण्डाहरु पनि छोडियो । नेपालमा अब वैकल्पिकको राजनिति सकिएकै हो त ?

समाजवादी पार्टी गठन भइसकेपछि तपाई त्यो पार्टीमा रहने की नरहने भन्नुस् न ?

हामी धेरै साथीहरुसंग छलफल गर्दैछौ, कहि जाने या कुनै पार्टी गठन गर्ने वा विलय हुने भन्ने हाम्रो कुनै सोच छैन ।

तपाई केपी शर्मा ओली र प्रचण्डको नेपाल कम्युनिष्ट पार्टीमा जाने हल्ला पनि थियो ?

त्यो सरासर गलत हो ।

बाबुराम भट्टराईलाई एक्लाउन पनि रणनिती बनाउनु भएको रहेछ ?

होइन, हामी बाबुराम भट्टराईलाई सम्मान गर्छौ अहिलेपनि । बाबुराम जत्तिको मान्छेको खाँचो छ यो मुलुकमा । उहाँको सदुपयोग हुनुपर्छ । उहाँले पनि अवसर पाउनुपर्छ भन्ने कुरामा हामी दृढ छौ । तर पार्टी एकीकरण हुदा केही कमी कमजोरी भए, छलफलहरु भएनन् । हिजोका एजेण्डाहरु कहाँ गए ? समृद्धि, शुशासन जस्ता राम्रा एजेण्डा हामी संग थिए । ती एजेण्डाको भोली भविष्यमा के हुन्छ ? जातीयतामा जाने कुरा आइराछ , ११ प्रदेशमा जाने कुरा आइराछ, यस्तो कुराले समाजलााई कहाँ पुर्याउछ ?

तर उपेन्द« यादवलले जे भने त्यही हुन्छ नी , तपाईलाई थाहा छ नी ? उहाँ त निर्णायक नेता हो नी ?

बलको कुरा गर्ने, संख्याको कुरा गर्ने हो भने अहिलेपनि त देशमा २ तिहाईकको सरकार छ नी । आखीर कति मान्छे खुसी छन् त । तपाइलेनै देखीरहनु भएको छ । देशमा शुसासन खै ? शान्ति सुरक्षा खै ? देशले कति गति लियो त ? पार्टी सही ढंगबाट संचालित हुनुपर्यो ।

त्यसो भए तपाईहरु ब्ल्याकमेलिङ्घ गर्दैहुनुहुन्छ डा. बाबुराम भट्टराईसंग ?

होइन, हामी बाबुरामलाई नेता मान्छौ, उहाँलााई प्रेम गर्छौ, मात्र यति हो की, पार्टीलाई कसरी राम्रो गर्न सकिन्छ, भन्ने हो । यो देशमा सबैभन्दा राम्रो वैकल्पित पार्टी चाहिन्छ । एकता गर्दा पर्याप्त छलफल भएन र पार्टीलाई सहि दिशामा लानुपर्छ भन्ने मात्र हाम्रो उदेश्य हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend