काठमाडौं, २८ बैसाख । केही दिनदेखि पानी नपर्दा तापक्रम बढ्दा काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको थियो । तर, अबको तीन दिन देशभरि कै मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने भएको छ ।
मौसमविहरका अनुसार भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अबको तीन दिन मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने सम्भावना छ ।
मौसमविद् विभूति पोख्रेलका अनुसार कतैकतै ठूलो पानी पर्न सक्छ भने कतै असिना पनि पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले निकालेको ३ दिनको बुलेटिनमा पनि सोमबारसम्म मौसममा खरावी आई पानी पर्ने उल्लेख गरिएको छ ।
केही दिनयता भारतको राजस्थानबाटै आएको धुलो पनि पानी परेपछि हट्नेछ । अहिले सफा भएको ठाउँको मौसम पनि बदली हुने भएपछि देशभरि बढेको गर्मी केही कम हुनेछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend