सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बालुवाटारको जग्गा प्रकरणमा भाटभटेनीका मालिक गुरुङ पनि मुछिए

बालुवाटारको जग्गा प्रकरणमा भाटभटेनीका मालिक गुरुङ पनि मुछिए

काठमाडौ । बैसाख २५,

काठमाडौं । नेपालको सुपरमार्केट विस्तारमा लागेको नाम हो भाटभटेनी डिपार्टमेन्ट स्टोर । भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ । उनै गुरुङ पनि बालुवाटार जग्गा प्रकरणमा मुछिएका छन् ।

बालुवाटारबाट व्यक्तिको नाममा गएकोमध्ये करिब २५ रोपनी जग्गा तीन परिवारको नाममा सीमित रहेको पाइएको छ । भूमाफिया भनेर किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र उनीहरुका परिवारका नाममा झन्डै २५ रोपनी जग्गा देखिएको हो ।

अर्को कित्तामा ३ जना मिलेर झन्डै १४ आना जग्गा आफ्नो नाममा बनाएका छन । यिनीहरूले नै आफ्नो र परिवारका नाममा भएको ३ रोपनी १ आनाको ५ कित्ता जग्गा गैरआवासीय नेपाली संघलाई बेचेका थिए ।

मीनबहादुरले भाटभटेनी डेभलपमेन्ट प्रालिका नाममा ३ रोपनी ९ आनाको १० कित्ता जग्गा राखेका छन । सरलाको नाममा ४ रोपनी १४ आना छ । ‘मीनबहादुरले प्रायः राणाका नामबाट जग्गाको स्वामित्व हस्तान्तरण गरेको देखिन्छ,’ स्रोतले भन्यो, ‘उनी त्यतिबेला राजनीतिक पहुँच र शक्तिका आडमा सबै मिलाउन सक्रिय थिए । आज पनि बालुवाटारका यी जग्गामा उनको निर्णायक भूमिका छ । उनकै इसारामै सबै किनबेच हुने हो ।’

भूमि व्यवस्थापन मन्त्रालयको निर्देशनमा डिल्लीबजार भूमिसुधार कार्यालयले ब्लकमा जग्गाधनीहरूको विवरण निकालेको छ, जसअनुसार पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले भूमाफिया भनी किटान गरेका रामकुमार सुवेदी र शोभाकान्त ढकालको संयुक्त नाममा ९ कित्ता जग्गा छ ।

यसको कुल क्षेत्रफल १ हजार ७ सय २६। ६६ वर्ग्मिटर छ । जुन ३ रोपनी ७ आना हुन आउँछ । बालुवाटारमै सरला गुरुङ, उमाकुमारी ढकाल र माधवी सुवेदीका नाममा तीन कित्ता जग्गा छ । कुल १ हजार ४ सय ८.८८ वर्ग्मिटरको यो जग्गा २ रोपनी १३ आना हो ।

उमाकुमारी र माधवीका नाममा थप ३ कित्ता जग्गा छ । २ सय ४२.४५ वर्ग्मिटरको यो जग्गा आठ आना हो । यी तीनै जना बालुवाटार जग्गामा मिलेमतो गरेका ढकाल, सुवेदी र गुरुङका परिवार सदस्य हुन् । सरला मीनबहादुर परिवारकी सदस्य हुन् भने उमा शोभाकान्तकी पत्नी हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend