काठमाडौं, २३ बैशाख । सनातन युवा मञ्च नेपालले आगामी जेठ ६ गते इटहरीमा दिव्य धर्म सभा गर्ने भएको छ । सोमबार रिपोर्टर्स कलब नेपालमा पत्रकार सम्मेलन गर्दै मञ्चले यस्तो जानकारी गराएको हो । मञ्चद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘व्यक्तिगत स्वार्थरहित श्रुति–स्मृति, पूराण आदि मानवतावादी ग्रन्थहरुको उच्च अध्ययन गरेका ज्ञान विज्ञानको सदुपयोगबाट पहिचान र अस्तित्वसहितको सम्मानित जीवन बनाउन प्रष्ट दृष्टिकोण भएका महात्माहरुको दिव्य वाणीबाट लाभ उठाउन सो विराटसभामा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।’
पत्रकार सम्मेलनमा बोल्दै युवा सन्त श्री श्रीनिवासाचार्यले वर्तमान राजनीतिक माहोल गलत दिशातर्फ गैरहेको चिन्ता व्यक्त गरे । उनले भने,‘अहिले हाम्रो देशको राजनीतिक माहोल गलत दिशातर्फ गैरहेको छ ।’ आफूहरुले आयोजना गर्न लागेको धर्म सभा अहिंसात्मक र शान्तिवादी रहने पनि उनले दाबी गरे ।
उनले भने,‘हामी वैदिक सनातन धर्मालम्बीहरु मिलेर यो धर्मसभाको आयोजना गर्न लागेका हौं ।’ अखण्ड मुलुकलाई खण्ड–खण्ड गर्ने र हिन्दू धर्म र संस्कृतिलाई मास्ने कामहरु पछिल्लो समय भैरहेकोप्रति पनि उनले चिन्ता व्यक्त गरे ।धर्मनिरपेक्षताको नाममा क्रिश्चियानिटीलाई प्रोत्साहन गर्ने काम पनि पछिल्लो समय भैरहेकोमा उनले गम्भिर आपत्ति जनाए ।
https://www.youtube.com/watch?v=kmYvAe0Nr8A&t=122s
त्यस्तै, संघीयताको नाममा राष्ट्रलाई विखण्डन गर्ने, शिक्षाको नाममा नेपालको मौलिक भाषा र संस्कृतिलाई नष्ट पार्ने, राजनीतिको नाममा देश र जनतालाई पंगु बनाउनेजस्ता योजनाबद्ध षड्यन्त्र भैरहेकोप्रति उनले चिन्ता व्यक्त गरे । सम्मनुत सभ्यता र संस्कारलाई पूर्नजागरण गर्नको लागि अब गरिने धर्मसभा फलदायी हुनेपनि उनले विश्वास दिलाए ।कार्यक्रममा बौद्ध धर्मगुरु खिलबहादुर थिङले हिन्दू धर्म र बौद्ध धर्म सदियौंदेखि आपसमा मिलेर आएको बताउँदै आफूहरु अबको अभियानमा पनि सहकार्य गर्दै अघि बढ्ने स्पष्ट पारे ।
सनातन धर्म शिरोमणि स्वामी राम बाबाले सम्पूर्ण ओमकार परिवार एकजुट भएर धर्मसभा सफल पार्नुपर्ने बताएका छन् । उनले भने,‘डलर खानेहरुले गर्दा अहिले हाम्रो धर्ममाथि संकट आईलागेको छ । तर, हामी त्यसका विरुद्ध लागिरहनेछौं ।’ यसअघि सञ्चालन गरिएका धर्मसभामा पनि आफुहरुले धेरै अप्ठ्यारो भोग्नुपरेको सुनाउँदै उनले अब गरिने धर्मसभाको सफलताको कामना गरे ।
त्यस्तै, कार्यक्रममा वैंकटेश्वर मन्दिर (तिरुपति) का पिठाधिश्वर स्वामी श्री पद्यमधराचार्यले धर्म भनेको कम गर्ने कुरा भएकोले अब गरिने धर्मसभाको सफलताको लागि शुभकामना दिए । उनले नेपाली जनताले जँड्याह, गुण्डाहरुलाई संसदमा पठाएको बताए । उनले भने,‘तिनीहरुले कृष्ण र रामलाई च्यालेन्ज गरेका छन् । तिनीहरुले आफ्ना आमामाथि बलात्कार गरेका छन् ।’
त्यतिमात्रै नभएर संसदमा पुगेकाहरुले आफ्नै घरमा आगो लगाउने काम गरेको उनको आरोप छ ।
उ
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend