काठमाडौं । नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेरो सरकारबारे आफूलाई जनाकारी नभएको बताएका छन । संसदीय दलको कार्यालय सिंहदरबारमा सांसदहरुसँगको छलफलमा नीति तथा कार्यक्रम तयार गर्ने क्रममा आफूलाई प्राप्त भएको प्रतिमा ‘मेरो सरकार’ नभएको जानकारी दिएका थिए ।प्रचण्डको भनाइ उधृत गर्दै एक सांसदले भने, ‘मैले राम्रोसँग हेरको हुँ । मैले पढ्दा मेरो सरकारु थिएन ।
पछि कहाँबाट घुसाइयो । म भन्न सक्दिनँ।’प्रचण्ड बोल्दाबोल्दै प्रधानमन्त्री प्रवेश गरेका थिए । प्रधानमन्त्री ओलीले बोल्ने क्रममा संसारभरको प्रचलन भएको भन्दै राष्ट्रपतिको बोलीको बचाउ गरेका थिए । उनले आफ्नो भनाइ राखिसके पछि सांसदहरुले यसबारे धारणा राख्न हात उठाए पनि ओलीले समय दिएनन् ।
‘मेरो सरकार शब्दावलीप्रति धारणा माग गर्न समय मागेका सांसदहरुलाई ओलीले बोल्न रोकेका हुन् । सांसदहरु जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र नेतृ रामकुमारी झाँक्रीले बोल्न समय माग गरेका थिए । राष्ट्रपतिले प्रयोग गरेको शब्दावलीमाथि छलफल हुनुपर्ने उनीहरुको माग थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend