सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्युठान जिल्ला कम्युनिष्ट आन्दोलनको उर्वर भूमीः मणी थापा

प्युठान जिल्ला कम्युनिष्ट आन्दोलनको उर्वर भूमीः मणी थापा

थापामिलन एमसी
प्युठान । नेकपा स्थायी कमिटी सदस्य मणी थापाले अब प्युठानमा मोहनविक्रमको खुद्रा पसल बन्द हुने दाबी गरेका छन् । झिम्रुक गाउँपालिका वडा नं २ को अगुवा नेता कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले यस्तो कुरा बताएका हुन् । प्युठान कम्युनिष्ट आन्दोलनको उर्वर भूमी भएपनि नेतृत्वले सहि बाटो समात्न नसक्दा विकासका कामहरु सुस्त गतिमा अगाडी बढेको उनको भनाई छ ।

दुई कम्युनिष्ट पार्टीको एकता पश्चात विश्वले नेपाललाई नियालीरहेको भन्दै नेता थापाले मोहन विक्रम मात्रै नभएर मोहन वैद्य ‘किरण’ समेत यो पार्टीमा एकता नगरे दिशाहिन बन्ने स्थितिमा पुग्ने दाबी नेता थापाको छ । दिग्गज मानिएका नेताहरुबाट नै प्युठनलाई धोका भएको दाबी गर्दै उनले एकतामा आउन आह्वान गरे ।

झिम्रुक गाउँपालिकामा झण्डै २ दर्जन नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका नेता थापाले भने, कमरेडहरु यथास्थितिमा बसेर क्रान्ति हुदैन् । की एकतामा आउनुस । होइन भने तपाईँहरुको खुद्रा पसल बन्द हुने स्थिति आयो । यो स्थिति नेकपाले सिर्जना गरिसक्यो ।तत्कालिन जनमोर्चाबाट २०५४ सालमा बाँदिकोट गाविस वडा नं ६ मा निर्वाचित गाविस अध्यक्ष बुद्धिमान जिसीको नेतृत्वमा २ दर्जन बढी नेताहरु पार्टी प्रवेश गरेको नेकपा प्युठानले जनाएको छ ।

यस्तै, अखिल क्रान्तिकारीका उपमहासचिव मिलन एमसीले राजमो (राष्ट्रिय जनमोर्चा) ओजमो (ओखरबोट जनमोर्चा)मा परिणत हुने दाबी गरेका छन् । नेता एमसीले व्यङ्ग्य गर्दै मोहन विक्रमको जन्मस्थान ओखरबोट भएकाले राजमो ओजमोमा परिणत हुने पक्का भएको भन्दै पार्टीलाई मजबुत र बलियो बनाएर लैजान सबैलाई आग्रह गरे ।

कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रिय सदस्य सुमन श्रेष्ठ र नेकपा जिल्ला नेता हुकुम खड्का लगायत अन्य नेताहरुको सहभागिता रहेको थियो ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गर्दै अगुवा नेता कार्यकर्ताको प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend