१६ जेठ ,काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष आशिष श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदनसहितका विभिन्न साधारण प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले विगत आर्थिक वर्षमा कम्पनीले गरेको प्रगति, चुनौती र आगामी योजनाबारे जानकारी गराएका थिए। कम्पनीले सूक्ष्म बीमा क्षेत्रमा सेवा विस्तार गर्ने प्रतिबद्धता दोहोर्याउँदै, आगामी वर्षहरूमा अझ प्रभावकारी सेवा प्रदान गर्ने योजनाहरू अघि सारेको बताइएको छ।
साधारणसभाले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक पदमा अनुप मालाकार र सुनिता श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल, नायब प्रमुख कार्यकारी अधिकृत अनिल गिरी, सञ्चालक लतिका गोल्याण, सिद्धान्त झुनझुनवाला, स्वतन्त्र सञ्चालक बद्री सिग्देल, संस्थापक सेयरधनी र सर्वसाधारण सेयरधनीहरूको उपस्थिति रहेको थियो।
सभामा बोल्दै अध्यक्ष श्रेष्ठले सभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैमा आभार व्यक्त गरे। साथै, कम्पनीको समग्र व्यवसाय प्रवद्र्धनमा इमानदारीपूर्वक योगदान दिने कर्मचारीहरू, प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव र सम्पूर्ण टिमलाई धन्यवाद दिएका थिए।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले देशभरका साना व्यापारी, कृषक र आम नागरिकका लागि सूक्ष्म बीमा सेवा पु-याउँदै बीमा पहुँच विस्तार गर्ने उद्देश्य राखेको छ। दोस्रो साधारणसभाले त्यस दिशामा अझ प्रभावकारी कदम चाल्न प्रेरणा दिएको कम्पनीको भनाइ छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend