१४, जेष्ठ काठमाडौँ । देशभरका स्वास्थ्यकर्मीहरूको साझा संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले पाँचौं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पु¥याएको छ। महाधिवेशन आगामी जेष्ठ १७ र १८ गते काठमाडौँको राष्ट्रिय सभागृहमा भव्य रूपमा आयोजना हुने भएको छ।
दुई दिनसम्म सञ्चालन हुने यस महाधिवेशनको उद्घाटन सम्माननीय प्रधानमन्त्री तथा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ। स्वास्थ्य क्षेत्रको सुधार, स्वास्थ्यकर्मीको हकहित र आगामी कार्ययोजनालाई संस्थागत बनाउने लक्ष्यसहित महाधिवेशन सञ्चालन गरिनेछ।
वि.सं. २०६२ मा स्थापना भएको यो संगठन २०७८ मा चौथो महाधिवेशनपछि महासंघमा रूपान्तरण भएको हो। अहिले महासंघमा स्वास्थ्य सेवाका विविध क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरू आवद्ध छन्, जसमा सामान्य स्वास्थ्य सहायकरदेखि विशेषज्ञ चिकित्सकहरूसम्म समावेश छन्।
स्वास्थ्यकर्मीको आवाज बनेको महासंघ
महासंघले सरकारी, गैरसरकारी, निजी र शैक्षिक संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको तलब, सेवा(सुविधा, कार्यसम्पादनको मर्यादा, स्वास्थ्य सेवा सुधार, नीतिगत सुधार र सामाजिक सुरक्षा सुनिश्चित गर्न निरन्तर काम गर्दै आएको छ। यसले विगतमा पनि तालिम, पूर्वाधार, जनशक्ति उत्पादन, स्वास्थ्यसम्बन्धी कानूनी पैरवीमा सक्रिय भूमिका खेल्दै आएको छ।
हालसम्म महासंघले देशभर ८ वटै प्रदेश, ७१ जिल्ला, ५ विशेष जिल्ला, ८ घटक केन्द्र, २८७ स्थानीय कमिटीसहित ४०० भन्दा बढी संरचनाहरू गठन गरिसकेको छ। हजारौं स्वास्थ्यकर्मी यस महासंघमा सदस्यका रूपमा आवद्ध छन्, जसले यसलाई देशको सबैभन्दा व्यवस्थित र बलियो स्वास्थ्यकर्मी संगठन बनाएको छ।
५०० प्रतिनिधि, नयाँ नेतृत्व
महाधिवेशनमा विधान बमोजिम देशभरबाट छानिएका ५०० भन्दा बढी प्रतिनिधिहरू सहभागी हुनेछन्। महाधिवेशनले विधान संशोधन गर्नेछ र नयाँ नेतृत्वको लागि ९ सदस्यीय पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ।
कार्यक्रम सफल बनाउन विविध उपसमितिहरू गठन भइसकेका छन् र तयारी तीव्र रूपमा भइरहेको अध्यक्ष डा। झलक गौतमले जानकारी गराए। “स्वास्थ्यकर्मीको समुचित प्रतिनिधित्व र सशक्त संगठनात्मक ढाँचाका लागि यो महाधिवेशन महत्वपूर्ण मोड बन्नेछ,” अध्यक्ष गौतमले भने।
सहभागिताका लागि अपिल
महासंघले प्रेस विज्ञप्तिमार्फत सम्पूर्ण स्वास्थ्यकर्मी, सरोकारवाला निकाय, शुभेच्छुक र सञ्चारकर्मीहरूलाई कार्यक्रमको सफलताको लागि आवश्यक सहयोग गर्न हार्दिक अपिल गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend